रवि लामिछाने पत्नी निकिता पौडेलले पनि ३ जनाविरुद्ध प्रहरीमा जाहेरी दिईन

<span class='c1'>रवि लामिछाने पत्नी निकिता पौडेलले पनि</span> <span class='c2'>३ जनाविरुद्ध प्रहरीमा जाहेरी दिईन</span>

काठमाडौं– पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछाने पत्नी निकिता पौडेलले पनि प्रहरीमा जाहेरी दिन पुगेकी छिन् । 

प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर जाहेरी दिन पुगेकी हुन् ।

मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र ७७ अनुसार जाहेरी दर्ता गर्न लागेकाे निकिता पौडेलको अधिवक्ता राजेन्द्र सेढाईले जानकारी दिए ।

यद्यपि, कार्यालय प्रमुख र उपप्रमुख नरहेको भन्दै उनको उजुरी भने दर्ता हुन सकेको छैन ।

पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

 

उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार रवि लामिछानेसहित  पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्