रेणु दाहालको विज्ञप्ती– अस्वभाविक मृत्युमा रवि लामिछानेमाथि अनुसन्धान राज्यको दायित्व

रेणु दाहालको विज्ञप्ती– अस्वभाविक मृत्युमा रवि लामिछानेमाथि अनुसन्धान राज्यको दायित्व

भरतपुर । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा भइरहेको अनुसन्धान प्रक्रियामाथि उत्पन्न असहज परिस्थितिबारे गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् ।

बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै मेयर दाहालले अनुसन्धान प्रक्रियामा आफू र राज्यका उच्च पदस्थ व्यक्तिमाथि मनगढन्ते आरोप लगाइएकोमा पनि आपत्ति जनाएकी छन् ।

उनले सामाजिक सञ्जाल र सडकमा देखिएका अस्वभाविक, प्रायोजित र अनर्गल प्रचारको पछाडि नलाग्न पनि आग्रह गरेकी छन् ।

विज्ञप्तीमा दाहालले कसैको अस्वभाविक मृत्युको अनुसन्धान गर्नु राज्यको दायित्व भएको उल्लेख गरेकी छन् ।

टेलिभजिन प्रस्तोता रवि लामिछानेको नाम उल्लेख गरेकी छैनन् । तर, मेयर दाहालले अनुसन्धानका क्रममा रहेका व्यक्तिहरुलाई लिएर आफ्नो नाम जोडिएको आपत्ति जनाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्