प्रहरी महानिरीक्षकले रवि लामिछाने भेटे

<span class='c1'>प्रहरी महानिरीक्षकले रवि</span> <span class='c2'>लामिछाने भेटे</span>

चितवन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चितवन प्रहरी नियन्त्रणमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेललाई भेट गरेका छन्।

जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षण भ्रमणको क्रममा उनले लामिछाने र कँडेललाई भेट गरी कानुनी प्रक्रियामा सहयोग गर्न आग्रह गरे।

पत्रकार शालिकराम पुडासैनी २०७६ साउन २० गते चितवनको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए। उनले आत्महत्या गर्नु अघि रुँदै आफैले मोबाइलमा दुई वटा भिडियो बनाएका थिए। सो भिडियोमा आफूलाई पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीले आत्महत्याका लागि बाध्य पारेको बताएका छन्। साेही भिडियाेकाे आधारमा रविसहित तीनै जनालाई प्रहरीले साउन ३० गते पक्राउ गरी चितवन लगेकाे थियाे।

२०७६ भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिताअनुसार आत्महत्या गर्न दुरुत्साहन गर्ने व्यक्ति पनि कसुरदार ठहरिन्छ। यही कानुनका आधारमा प्रहरीले रवि लामिछाने, युवराज कँडेललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। जिल्ला अदालत चितवनले पटक–पटक आदेश गर्दै उनीहरुलाई कूल १० दिन थुनामा राख्न अनुमति दिएको छ।

पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा लामिछानेसहित तीनै जनालाई पक्राउ गरी चितवन पुर्‍याएदेखि चितवनमा हरेक दिन प्रदर्शन भइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्