आजको मौसम : देशका केही स्थानमा भारी वर्षा र हावाहुरीको सम्भावना

<span class='c1'>आजको मौसम : देशका केही स्थानमा</span> <span class='c2'>भारी वर्षा र हावाहुरीको सम्भावना</span>

काठमाडौं । शनिबार देशका केही स्थानमा भारी वर्षा र हावाहुरीको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको शनिबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा पश्चिम भाग औसत स्थानभन्दा केही उत्तरतर्फ छ। बंगालको खाडीमा ओडिसा नजिक माथिल्लो वायुमण्डलमा एउटा न्यून चापीय वायु प्रणाली विकसित भएको छ।

मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।

शनिबार दिउँसो देशभरी सामान्य बदली रहि केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुनेछ। देशको मध्य तथा पूर्वी पहाडी भूभागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। पूर्वी तराईका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना भएकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ।

राति देशका मध्य र पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित मध्यम वर्षा हुनेछ। महाशाखाका अनुसार साताभरीनै आंशिक देखि सामान्य बदली रही  केही  स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्