विराटनगरको राधाकृष्ण रथयात्रामा लाखौँको सहभागीता, लोक संस्कृती देखाउने थलो (फोटो फिचर)

विराटनगरको राधाकृष्ण रथयात्रामा लाखौँको सहभागीता, लोक संस्कृती देखाउने थलो (फोटो फिचर)

विराटनगर । विराटनगरमा हरेक वर्षझैं कृष्ण जन्माष्टमीको भोलिपल्ट भव्य रूपमा राधाकृष्ण रथयात्रा निकालिएको छ। ५२ वर्षदेखि लगातार निकालिँदै आएको रथयात्रालाई दक्षिण एसियाकै ठूलो मानिन्छ। यस बर्षको रथयात्रा पनि भब्य रुपमा सम्पन्न भएको छ ।
रथयात्रा आयोजक समितिका संयोजक बाबुराजा ओझाले रथयात्रामा लाखौको सहभागीता रहेको दाबी गरेका छन् । विभिन्न धार्मिक तथा जातीय झाँकीसहित राधाकृष्ण मन्दिर तिनपैनीबाट दिउँसो ३ बजेपछि निस्किएको रथयात्रा साँझ तीनपैनीस्थित राधाकृष्ण मन्दिर परिसर पुगेर समापन भएको छ।
प्रदेश १ का प्रमुख डा गोविन्द तुम्बाहाङ,  संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश १ सरकारका सामाजिक विकास मन्त्रीले रथको शुभारम्भ गरेका थिए ।
प्रदेश १ का विभिन्न जात, भाषा, धर्म र सम्प्रदायको साझा फूलबारी भएको बताउँदै यसmाई चिनाउनको लागि विराटनगरको रथयात्राको छुट्टै महिमा र महत्वरहेको छ ।
५२ वर्षअघि खटमा राखेर राधाकृष्णको प्रतिमा नगर परिक्रमा गराएर सुरु गरिएको र पछि ठूलो जनसहभागिताका साथ रथयात्राको परम्परा बसेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए।
रथयात्रामा सहभागी हुन सीमावर्ती भारतीय क्षेत्रका सहरबाट समेत भक्तजनको घुइँचो लागेको थियो। सुनसरी र मोरङका विभिन्न भागबाट भक्तजन तथा झाँकी समूहको उपस्थिती थियो ।

तीनपैनीबाट सुरु हुने रथयात्रा प्रदेश १ को राजधानी विराटनगरको मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, शनिमन्दिर, बरगाछी चोक हुँदै पुनः तीनपैनीस्थित राधाकृष्ण मन्दिरमा पुगेर समापन हुने गर्दछ । रथ तान्दा दुःख हरणका साथै सुख मिल्ने जनविश्वास छ।
रथयात्रा राधाकृष्ण मन्दिरबाट शुरु भई मन्दिर परिसरसम्म ७ किलोमिटर दूरी ४ घण्टा ३० मिनेटमा तय भएको आयोजक समितिका संयोजक बाबुराज ओझाले जानकारी दिए । भक्तजनका लागि रथयात्राको दर्शन र पूजा गर्न ४० ठाउँमा विश्राम दिने व्यवस्था मिलाईएको थियो ।
यस्तो छ, रथ
सुनौलो रंगको पैगोडा शैलीको २२ फिट लामो, १४ फिट चौडा र १८ फिट अग्लो रथ बनाइएको छ । रथको अग्रभागको दायाँ र बायाँ गरी दुवैपट्टि ७५ फिट लामो रथ तान्ने लठ्ठा निर्माण गरिएको छ । रथको दायाँ लठ्ठा पुरुष र बायाँ महिला भक्तजनले तान्ने परम्परा छ ।
रथयात्रामा यसपालि हेलिकप्टरबाट पुष्पगुच्छा वर्षाईएको छ । रथको अगाडि ३ किलोमिटरसम्म विभिन्न जातजाति, सम्प्रदाय, धर्म संस्कृति झल्कने झाँकी, भजन मण्डली र प्रदेश १ प्रहरीको सांगीतिक ब्यान्ड रहेको थियो । रथयात्रा मार्गमा विभिन्न लोक नृत्य समेत प्रस्तुत भए ।
१९८८ सालमा राधारकृष्ण मन्दिरको स्थापना भएदेखि खट यात्राबाट सुरु भएर २०२५ सालदेखि रथयात्राको निर्माण गरी कृष्णजन्माष्टमीको भोलिपल्ट राधाकृष्णको प्रतिमा राखेर रथयात्रा निकाल्ने परम्परा छ । मन्दिर निर्माणका लागि सज्जन पौडेल, सोमराज मुखिया पौडेल र कृष्णप्रसाद पौडेलले प्रदान गरेको जग्गामा १९८८ सालमा पण्डित इन्द्रलाल भट्टले मन्दिर स्थापना गरी खट यात्रा सुरु गरेका थिए ।
धर्म संस्कृती पुरस्कार
रथयात्रा महोत्सवको अवसरमा १ लाख १ हजार राशिको पोखरमल धर्मसंस्कृति पुरस्कार विराटनगरको पाञ्चालीस्थित लक्ष्मीनारायण मन्दिरका स्वामी अच्युत प्रपन्नाचार्यलाई प्रदान गरिएको छ । उक्त पुरस्कार रथयात्राको अवसरमा १३ वर्षदेखि निरन्तर प्रदान हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्