मोरङबाट ६ सय ७८ किलो गाँ*जा बरामद, २ जना पक्राउ

<span class='c1'>मोरङबाट ६ सय ७८ किलो</span> <span class='c2'>गाँ*जा बरामद, २ जना पक्राउ</span>

विराटनगर । मोरङबाट प्रहरीले आइतबार दिउँसो ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । रतुवामाई नगरपालिका–१ हटिया डाँडाबाट ६ सय ७८ किलो गाँजा बरामद भएको हो ।

हटियाँ डाँडास्थित आमबारीबाट सोनापुरतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३८२५ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएर प्रहरीले चेकजाँच गरेको थियो । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले ट्रक चेकजाँच गर्दा ठूलो परिमाणमा गाँजा बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।

उनका अनुसार ट्रकको डालाभित्र ‘फल्स डाला’ जोडी लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला परेको हो । गाँजा बरामद भएसँगै ट्रक चालक धनकुटाको सहिदभूमि गाउँपालिका–२ समेल राई र ट्रक धनी सहिदभूमि–१ का विक्रम विशुङ्खेलाई पक्राउ गरिएको जानकारी कटवालले दिए ।

बरामद भएको गाँजा र नियन्त्रणमा लिइएको ट्रकसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय सिजुवामा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्