‘झगडा’ मिलाउँदै अध्यक्ष प्रचण्ड

‘झगडा’ मिलाउँदै अध्यक्ष प्रचण्ड

काठमाडौँ । सशस्त्र द्वन्द्वका बेला सरकार र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शान्ति वार्तामा ल्याई शान्ति सम्झौता गराउन तत्कालिन नेकपा (एमाले)का महासचिव माधवकुमार नेपालले भूमिका निर्वाह गरेका थिए ।

अहिले परिस्थिती मोडिएको छ । दुबै पार्टी एक भएका छन् । दुबै नेता एकै पार्टीका नेता छन् तर हैसियत समान छैन । प्रचण्ड अध्यक्ष छन्, नेपाल एकीकृत पार्टीको चौथो वरियतामा छन् ।

पार्टीमा वरियता खोसिएपछि नेकपा अध्यक्ष केपी शर्मा ओली र नेपालबीचको विवाद सतहमै आएको छ । त्यही विवाद मिलाउन अध्यक्ष प्रचण्ड लागिपरेका छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा मधुसूधन रायमाझीले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्