मोरङका १७ पालिकामा गठन भयो डोरी तान संघ, अब प्रदेशका सबै जिल्लामा पुग्ने

मोरङका १७ पालिकामा गठन भयो डोरी तान संघ, अब प्रदेशका सबै जिल्लामा पुग्ने

विराटनगर । मोरङ जिल्लाका सबै स्थानीय पालिकाहरुमा पालिका स्तरिय डोरी तान संघ गठन सम्पन्न भएको छ । मोरङ जिल्ला डोरी तान संघको अगुवाईमा जिल्लाका १७ वटै पालिकाहरुमा डोरीतान संघ गठन गरिएको हो ।

डोरी तान प्रतियोगितालाई तल्लो तहसम्म पुर्याउनको लागि डोरी तान संघ गठन गरेर गतिबिधि बढाउने काम शुरु भएको डोरीतान संघ मोरङ जिल्ला कमिटि अध्यक्ष रिता न्यौपानेले जानकारी दिईन् । यसरी गठन भएको डोरी तान संघको बिराटनगर महानगरपालिका कमिटिको अध्यक्षमा दिपक घिमिरे भएका छन् ।
बुढीगंगा गाउँपालिकामा अशोक अधिकारी, बेलवारी नगरपालिकामा सितल राय, उर्लावारीमा सुमित थापा, कानेपोखरीमा गणेश सुवेदी, मिक्लाजुङमा सुनिल निरौला, रतुवामाईमा मोहन दाहाल, धनपालथानमा माहादेव मण्डल, पथरी शनिस्चरेमा बम देवान रहेका छन् ।

त्यस्तै केरावारी गाउँपालिकामा महेन्द्र मगर, जहदामा एमडि ईनायात अली, ग्रामथानमा भगिरथ चौधरी, कटहरीमा हरिनारायण राजबंशी, सुनवर्सी नगरपालिकामा बिनोद यादव, रंगेली नगरपालिकामा भक्तराज शुभ र सुन्दर हरैँचा नगरपालिकामा कमल दाहाललाई संयोजक रहेका छन् ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले प्रदेश स्तरिय खेलकुद प्रतियोगितामा डोरीतान प्रतियोगितालाई समाबेश गराएपछि यस प्रतिको आकर्षण बढेको हो । प्रदेशमा डोरीतान खेललाई स्थापित गराउनको लागि पालिका स्तरबाट नै डोरीतान प्रतियोगिताको महत्व र त्यसलाई सबैको माझ पुर्याउने काम भएको न्यौपानेले बताईन् ।
मोरङ जिल्लाका सबै पालिकामा सफल भएको डोरीतान संघ गठन प्रक्रिया अब प्रदेशका सबै पालिका र जिल्लाहरुमा गठनकोे काम भईरहेको नेपाल डोरीतान संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्