सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य

सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्लाज्मा फेरेसिस प्रक्रियामार्फत उनको उपचार थालिएको जानकारी दिइन ।नेशलन युनभिर्सिटी हस्पिटलमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया केही पटक दोहोरिने बताइएको छ ।प्रत्यारोपण गरिएको मृगौलाको विरुद्धमा बनेको एन्टीबडी निकाल्ने वा झार्ने प्रक्रियामा प्लाज्मा फेरेसिस उपचार विधि अपनाइने चिकित्सिकहरुको भनाइ छ ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीको उपचारका क्रममा प्लाज्मा फेरेसिस प्रक्रिया गत शुक्रबारबाटै शुरु भएको जानकारी दिए ।मृर्गौलाको समस्याले पीडित प्रधानमन्त्री ओली चिकित्सकको सल्लाहअनुसार, गत बिहीबार सिंगापुर प्रस्थान गरेका हुन ।

विभिन्न प्रयोग र परीक्षण गर्नुपर्ने भएकाले उनको उपचारका लागि केही समय लाग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्