रवि लामिछानेलाई आज पुनः फेरि अदालतमा पेश गरिँदै , छुट्लान त रबि आज ?

<span class='c1'>रवि लामिछानेलाई आज पुनः फेरि अदालतमा पेश</span> <span class='c2'>गरिँदै , छुट्लान त रबि आज ?</span>

चितवन, ८ भदाै । न्युज २४ टेलिभिजनको सिधाकुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई आज पुनः फेरि अदालतमा पेश गरिँदैछ ।

हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दोश्रोपटक थप गरेको ५ दिनको समय सकिएपछि तीनै जनालाई सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश गर्न लागिएको हो । उनीहरुलाई अझै रिहा गर्ने, हिरासतमा राख्नेगरी म्याद थप गर्न माग गरिने वा मुद्दा दायर गरिने भन्नेबारे भने टुंगो लागिसकेको छैन ।

अनुसन्धान सकिएको वा बाँकी नै रहेको भन्नेबारे चितवन प्रहरीले केही बताएको छैन । रविको तर्फबाट बयान गर्दै आएका कानुन व्यवसायीले भने बयानको कुन व्यहोराले म्याद थप गर्नुपर्ने हो भन्ने स्पष्ट नभएको भन्दै फेरि हिरासतमै राखिरहनुपर्ने कारण नभएको बताउँदै आएका छन् । अदालत अघि प्रदर्शनमा राेक लगाउँदै ठूलाे मात्रमा सुरक्षाकर्मी परिचालन गरिएकाे छ ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षकको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ भने अनुसन्धानमा सहयोग र्पुयाउन काठमाण्डौबाट प्रहरीको विशेष अनुुसन्धान टोली पनि चितवन आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्