रविसहित तीनजाको थुनछेक बहस जारी, अब के हुन्छ ?

रविसहित तीनजाको थुनछेक बहस जारी, अब के हुन्छ ?

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानमा तानिएका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीको थुनछेक बहस शुरु भएको छ । सरकारी वकिलले आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा ५ वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै आइतबार जिल्ला अदालत चितवनमा रिट दायर गरेका थिए । सो रिटमाथि अहिले चितवन जिल्ला अदालतको एक नम्बर इजलासमा थुनछेक बहस जारी छ ।

अब के हुन सक्छ ? 
सो थुनछेक बहसपछि ३ वटा सम्भावना रहने वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली बताउँछन् । पहिलो, सुनुवाईका क्रममा प्रथम दृष्टिमै दोषी देखिने प्रमाण पाएमा उनीहरुलाई थुनामा पठाउन सक्ने । दोस्रो, केही प्रमाण देखिएमा र केही संदिग्ध देखिएमा धरौटी मागेर साधारण तारेखमा छाड्न सक्ने र  तेस्रो, केही नै प्रमाण नपाएमा अदालतले रिहा गर्न पनि सक्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्