चितवनको अस्पताल रोड तनावग्रस्त, प्रदर्शनकारी र प्रहरीबीच झडप, काठमाडौंमा पनि प्रदर्शन

चितवनको अस्पताल रोड तनावग्रस्त, प्रदर्शनकारी र प्रहरीबीच झडप, काठमाडौंमा पनि प्रदर्शन

चितवन । टेलिभिजन प्रस्तोता रवि लामिछानेको मुद्दा दर्ता भएपछि चितवन अस्पताल रोड तनावग्रस्त बनेको छ । रविका समर्थक र प्रहरीबीच झडप भएको छ ।

अवस्था नियन्त्रणमा लिन प्रहरीले अश्रुँग्यास र लाठी चार्ज गरेको छ । प्रहरीले अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

यता, काठमाडौंको माइतीघर मण्डलामा पनि रविका समर्थकहरुले प्रदर्शन गरिरहेका छन् । आइतबार चितवन सरकारी वकिलको कार्यालयले रविसहित तीन जना विरुद्ध मुद्दा दायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्