चितवनमा निषेधाज्ञा : ५ जनाभन्दा बढी भेला हुन नपाइने

<span class='c1'>चितवनमा निषेधाज्ञा : ५ जनाभन्दा</span> <span class='c2'>बढी भेला हुन नपाइने</span>

जिल्ला प्रशासन कार्यालय चितवनले माैलिक हक विपरीत निषेधाज्ञा जारी गरेकाे छ । संविधानमा भएकाे माैलिक हक अन्तर्गत धारा १७ मा स्वतन्त्रताकाे हक छ, जसमा विचार र अभिव्यक्ति, विना हातहतियार शान्तिपूर्वक भेला र प्रदर्शन गर्न पाउने स्वतन्त्रताकाे अधिकार दिएकाे छ । तर चितवन जिल्ला प्रशासनले भने माैलिक हकलाई समेत नजर अन्दाज गरी शान्तिपूर्वक भेला हुन समेत निषेध गरेकाे छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार राति जारी गरेकाे एक आदेशमा साेमबार बिहान ६ बजेदेखि लागू हुने गरी भेला र प्रदर्शनमा राेक लगाएकाे छ । जारी आदेशमा ५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ ।

सोमबार बिहानदेखि लागू हुनेगरी सुरक्षा व्यवस्था थप कडा पारेको छ । चितवन जिल्ला सुरक्षा समितिकाे बैठकले आइतबार साेमबार बिहान ६ बजेदेखि लागू हुने गरी सुरक्षा व्यवस्था थप कडा पारेको जानकारी दिएको हाे ।

आइतबार जारी गरेकाे आदेशमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ काे (३) ‘क’को प्रयोग गर्दै सोमबार बिहान ६ बजेदेखि अनिश्चित कालका लागि चार किल्ला तोकेर प्रदर्शन गर्न र पाँचजनाभन्दा बढी भेला नहुन आदेश जारी गरेको हाे । उक्त दफामा परिस्थितिजन्य अवस्थामा कसैलाई कुनै काम गर्न दिनबाट निषेध गर्ने उल्लेख गरिएकाे छ ।

तोकिएको क्षेत्रमा प्रदर्शन, हुलदंगा र अशान्ति पैदा गर्न खोजे कानुनी कारबाही हुने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतद्वारा जारी आदेशमा उल्लेख छ । ऐन अनुसार यसको उल्लंघन गर्नेलाई प्रजिअले ५०० सम्म जरिवाना वा एक महिनासम्म कैद वा दुबै सजाय तोक्न सक्नेछ ।

पत्रकार शालिकराम पुडासैनी प्रकरणका अभियुक्त रवि लामिछाने र युवराज कँडेलको अदालती बयान आज हुँदैछ । उक्त प्रकरणकी अभियुक्त रुकु भनिने अस्मिता कार्कीको बयान आइतबार नै सकिएको छ ।

पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकहरूले दिनहुँ प्रदर्शन गर्दै आएका छन् । थुनछेक बहस पनि आजै हुने सम्भावना रहेकाे र त्यसपछि आदेश आउने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको हो ।

सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको निःशर्त रिहाइको माग गर्दै देशभर प्रदर्शन भइरहेको छ । सञ्चारकर्मी लामिछाने र कँडेललाई गैह्रकानूनी ढंगबाट प्रहरी हिरासतमा लिइएको विरोधमा आइतबार पनि मुलुकका विभिन्न ठाउँमा स्वस्फूर्त रुपमा स्थानीयले र्‍याली र कोणसभा भएको थियो।

आइतबार भएको प्रदर्शनमा प्रहरीले डेट एक्स्पायर अश्रु ग्यास समेत प्रहार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्