पुडासैनीको आत्महत्या प्रकरणले नेपालको न्याय क्षेत्रमा नयाँ वहसको सुरुवात

<span class='c1'>पुडासैनीको आत्महत्या प्रकरणले नेपालको न्याय</span> <span class='c2'>क्षेत्रमा नयाँ वहसको सुरुवात</span>

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले नेपालको न्याय क्षेत्रमा नयाँ वहसको सुरुवात गरेको छ।

नयाँ मुलुकी संहिता जारी भएको एक वर्षमा एक सय ३२ यस्ता घटनामा परिवारका सदस्य, प्रेमी प्रेमिका तथा साथीभाइलाई आरोपी बनाएर मुद्दा चलाइएको थियो।

तर, पत्रकार पुडासैनीको आत्महत्यापछि रवि लामिछानेसहित तीनजना पक्राउ परेपछि जनप्रदर्शन भएको छ।

यसले सो कानुनमाथि नयाँ बहस सिर्जना गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा दीपेन्द्र अधिकारी, नवराज मैनाली र टेकराज थामीले लेखेका छन्।

रवि पक्षका कानुन व्यवसायीले मृतकले आत्महत्याअघि नाम लिएको भरमा कसैमाथि मुद्दा चलाउन नमिल्ने जिकरि गरेका छन्।

तर, अदालतले रविलाई पाँच लाख, उनका सहयोगी युवराज कँडेललाई तीन लाख धरौटीमा छाडेपछि उनका पक्षका अधिवक्ताले उच्च अदालत जाने स्पष्ट पारेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्