काठमाडौं–सिलगुडी सीधा बस सेवा शुरु, २ हजार भाडा

<span class='c1'>काठमाडौं–सिलगुडी सीधा बस सेवा</span> <span class='c2'>शुरु, २ हजार भाडा</span>

काठमाडौं । नेपालको राजधानी काठमाडौंबाट भारतको पश्चिम बंगालको सिलगुडीसम्मको सीधा बस सेवा सोमबारदेखि शुरु भएको छ । सो बस सेवाको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ र नेपालका लागि भारतका राजदूत मन्जिवसिंह पुरीले सोमबार साँझ संयुक्त रुपमा उद्घाटन गरेका थिए ।  एयरकण्डिसन भएको ४४ सिटको डिलक्स बसले १८ घण्टामा काठमाडौं—सिलगुडी ६५० किमी लामो यात्रा गर्ने जनाइएको छ । हरेक दिन बसले ३ बजे काठमाडौं छोड्ने र काकरभिट्टा—पानीट्यांकी हुँदै  भोलिपल्ट बिहान ९ बजे सिलगुडी पुग्ने जनाइएको छ । बस भाडा २ हजार नेपाली रुपैयाँ तोकिएको छ ।

त्यसमा निःशुल्क वाइफाइ सुविधासमेत भएको र टिकट अनलाइनबाट काट्न सकिने जनाइएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सन् २०१४को नेपाल भ्रमणका क्रममा मोटर भेइकल सहमतिमा हस्ताक्षर भएको थियो ।  जसमा जनस्तरको स्वतन्त्र आवतजावतलाई प्रवद्र्धन गर्ने भनिएको भारतको सरकारी सञ्चार माध्यम दूरदर्शनले दिएको समाचारमा जनाइएको छ ।

नेपाल र भारतबीच बससेवाका लागि विभिन्न १३ रुटहरु स्वीकृत गरिएका छन् । काठमाडौं—सिलगुडी एघारौं रुट हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्