नेकपा सचिवालय बैठक, सार्वजनिक विरोध वा आलोचना गर्नेलाई कारबाही

<span class='c1'>नेकपा सचिवालय बैठक, सार्वजनिक विरोध</span> <span class='c2'>वा आलोचना गर्नेलाई कारबाही</span>

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीमा अराजकता बढेसंग त्यसलाई रोक्न अनुशासनको कारवाही गर्ने भएको छ । पार्टी नीति तथा नेतृत्वका बिरुद्धमा केन्द्र देखी स्थानीय तहसम्मका नेतालाई पार्टीले बिरोध वा आलोचना नगर्न निर्देशन समेत दिएको छ ।

नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको सचिवालय बैठकले पार्टीको नीति वा नेतृत्वका विरुद्धमा लेख्ने, बोल्ने वा गतिविधि गर्नेहरूप्रति पार्टी विधानबमोजिम स्पष्टीकरण सोधिने र कारवाहीको प्रक्रिया अघि बढाइने पनि निर्णय गरेको छ । पार्टी नेताका बिरुद्धमा समाजिक सञ्जालमा अराजक शैलीमा टिकाटिप्पणी गर्नेलाई अनुशासनको कारवाही गर्नुपर्ने आवाज पार्टीमा उठदै आएको थियो ।
बैठकले पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा असहमति, आलोचना वा विरोध भएमा पार्टी विधानको व्यवस्था बमोजिम प्रस्ुतत हुन र अन्तरपार्टी जनवादको भरपुर उपभोग गर्न निर्देशित गरेको छ ।
नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले केन्द्र देखी स्थानीय तहसम्मका नेता–कार्यकर्ताहरुका पार्टीसंग सम्बन्धित असन्तुष्टि पार्टीको सम्बन्धित कमिटीमा राख्नुपर्ने निर्णय गरेको छ ।

‘पछिल्लो समय पार्टी नेताहरुकै अभद्र शैलीमा सामाजिक सञ्जालमा टिकाटिप्पणी हुन थालेपछि त्यसलाई रोक्न यस्तो निर्णय भएको हो’ श्रेष्ठले भने, ‘निर्णय उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्ने देखी अनुशासनको कारवाही समेत हुन्छ ।’

पार्टी निर्णय उल्लंघन गर्नेलाई स्पष्टीकरण सोध्ने देखी अनुशासनको कारवाही गर्ने निर्णय भएको उनले बताए । पछिल्लो समय पार्टीका नेताहरुका बारेमा सामाजिक सञ्जालमै अभद्र टिकाटिप्पणी हुन थालेपछि बैठकले यस्तो निर्णय गरेको हो ।

थपिए चार केन्द्रीय सदस्य

सचिवालय बैठकले चार जना नवप्रबेशीलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ । नयाँ शक्ति र नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा पार्टी परित्याग गरी नेकपामा प्रबेश गरेका चार जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।

नेकपा महासचिव बिष्णु पौडेलका अनुसार केन्द्रीय सदस्यमा मनोनित हुनेमा पदम राई, किरण राई, कल्पना धमला र देबेन्द्र पराजुली रहेका छन् ।

पराजुली र धमला डा.बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी समाजवादीमा एकीकरण गरेपछि नेकपामा आएका थिए । यसैगरी राईद्धय भने नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट सत्तारुढ नेकपामा प्रवेश गरेका हुन् ।

पार्टीको बिधान अनुसार केन्द्रीय सदस्यमा १० प्रतिशत थप गर्ने व्यवस्था अनुसार चारै जनालाई केन्द्रीय सदस्य बनाउँने निर्णय भएको हो । अब नेकपा केन्द्रीय कमिटी ४ सय ४५ सदस्यीय भएको छ ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर जानु अघि पार्टीको बैठक, निर्णय सहम्मतीमा गर्ने अधिकारी अर्का अध्यक्ष पुष्पकमल दाहाल लाई दिएका थिए ।

तत्कालिन एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकीकरण पश्चात दाहालको अध्यक्षमा यो पहिलो बैठक हो । यस अघिका बैठकहरुको अध्यक्षता ओलीले गर्दै आएका थिए । पार्टी एकताको १५ महिनामा दाहालले पहिलो चोटी पार्टी बैठकको अध्यक्षता गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्