महिला सांसदहरुलाई संसदमा प्रभावकारी र सक्रिय भुमिका निर्वाह गर्न उपसभामुखको आग्रह

महिला सांसदहरुलाई संसदमा प्रभावकारी र सक्रिय भुमिका निर्वाह गर्न उपसभामुखको आग्रह

काठमाडौँ । संघीय संसद प्रतिनिधिसभामाका उपसभामुख शिबमाया तुम्बाहाम्फेले महिला सांसदहरुलाई संसदमा प्रभावकारी र सक्रिय भुमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ ।
संघीय संसद सचिवालयले आज संघीय भवन नयावानेश्वरमा गरेको संसदीय अभ्यास सम्बन्धी अन्तरक्रियामा उहाँले महिला सांसदहरुको भुमिका अपेक्षित रुपमा प्रभावकारी हुन नसकेको बताउनुभएको हो । संघीय संसदका दुवै सदनमा संविधान अनुसार ३३ प्रतिशत महिला सुनिश्चितता भईसकेको तथा सबैको दृष्टिकोण महिला सांसदहरुले निर्वाह गर्ने भुमिकामा केन्द्रीत हुने भएकाले प्रभावकारी र सक्रिय भूमिकामा रहनुपर्नेमा उहाँले जोड दिनुभयो ।

राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले संसदीय प्रक्रियामा महिला सांसदहरुको भूमिका प्रभावकारी बनाउने सवालमा अन्तरक्रिया प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले संविधान, कानून र नियमभित्र रहेर संसदीय भुमिका निर्वाह गर्नुपर्नेमा जोडदिनुभयो । संसदीय अभ्यासमा राम्रा नराम्रा दुवै रहेको भन्दै राम्रा अभ्यासको मात्रै अनुकरण गर्न पनि उहाँले सुझाव दिनुभयो ।
उहाँले शिष्ट र सभ्य भई विषयवस्तुको गार्भियता हरेर शुन्य, विशेष र ढ्यापढ्यापे समयको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
अन्तरक्रियामा महिला सांसदहरुले निर्वाचित र समानुपातिक सांसदहरुलाई गरेको विभेद, कार्यविधि परिर्वतन तथा संसदीय प्रणालीका अन्य विषयमा जिज्ञासा राखेका थिए ।
संघीय संसद सचिवालयले संसदीय अभ्यास बारे महिला सांसदहरुका लागि अन्तरक्रिया आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्