राजपा नेपालले बोलायो राजनीति समितिको बैठक

राजपा नेपालले बोलायो राजनीति समितिको बैठक

सुरेशकुमार यादव,

काठमाडौ भदौं १२ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राजनीतिक समितिको बैठक बोलाएको छ ।

एकीकरण, महाधिवेशनलगायतका विषयमा छलफल गर्नका लागि राजनीतिक समितिको बैठक बोलाएको राजपा नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले बताउनुभयो । समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरणको चर्चा चलेको छ । तर त्यस विषयमा राजपा नेपालमा फरक फरक धारणा आइरहेको छ ।

राजपा नेपालको तर्फबाट वार्ता समितिका संयोजक रहनु भएका राजेन्द्र महतोले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेपनि त्यसको जानकारी पार्टीलाई नगराएको एकपक्षको गुनासो छ । एकीकरण प्रक्रियागत हुनुपर्छ, कुनै पार्टीमा आत्मसमर्पण गरेर हुँदैन भन्दै अध्यक्ष मण्डलका संयोजक यादवले पहिला महाधिवेशन गरेर पार्टीलाई साङ्गठनिक रुपमा व्यवस्थित गर्ने एकीकरण प्रक्रियामा जाने उहाँले बताउनुभयो । त्यही विषयमा छलफल गर्नका लागि राजनीतिक समितिको बैठक बोलाएको उहाँले जानकारी दिनुभयो ।

राजनीतिक समितिको बैठक बोलाएको भन्दै त्यसको विरोध गर्नुभएका पार्टीका महासचिव केशव झालाई पार्टीले कारवाही गर्ने अध्यक्षमण्डलका सदस्य अनिल झाले बताउनुभयो । अध्यक्षमण्डलका संयोजक यादवले राजनीतिक समितिको बैठक बोलाएकोमा महासचिव केशव झाले आपत्ति जनाउनु भएको छ । उहाँले भन्नुभएको छ, ‘पार्टीमा कुनै छलफल नै नगरिकन राजनीतिक समितिको बैठक बोलाएको छ त्यसमा हाम्रो घोर आपत्ति छ ।’

महासचिवको अभिव्यक्ति पार्टी हित विपरित आएको भन्दै अध्यक्षमण्डलका सदस्य अनिल झाले आवश्यक भए जुनसुकै बेला पार्टीको बैठक बोलाउन सकिन्छ त्यसमा कसैले आपत्ति जनाउनु हुँदैन चित्त नबुझे पार्टीमा कुरा राख्न सकिन्छ बैठक बस्नु अघि नै त्यसका विरोध गर्नु पार्टी हित विपरित रहेको बताउनुभयो ।

समाजवादी पार्टीसँग एकीकरण गर्नुपर्छ भनि अध्यक्षमण्डलका सदस्यहरु राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारी लाग्नुभएको छ । उहाँहरुले महाधिवेशन अघि नै समाजवादी पार्टीसँग एकीकरण गरेर महाधिवेशन गर्नुपर्ने भन्दै वार्ता प्रक्रियालाई अगाडि बढाउनुभएको छ ।

अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवले जनताको चाहना अनुसार समाजवादी पार्टीसँग एकीकरण गर्न लागिएको बताउनुभयो । उहाँले महाधिवेशन भन्दा एकीकरण कुरा प्रमुख रहेकाले पहिला एकीकरण गर्नुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्