विवाहको आवरणमा नेपाली युवती तस्करी गर्दै चिनियाँ, चिनियाँ १० जना पक्राउ

<span class='c1'>विवाहको आवरणमा नेपाली युवती तस्करी गर्दै</span> <span class='c2'>चिनियाँ, चिनियाँ १० जना पक्राउ</span>

काठमाडौं । विहेको आवरणमा नेपाली युवतीलाई चीनमा तस्करी गर्ने गरेको रहस्य खुलाशा भएको छ । प्रहरीको मानव वेचविखन अनुसन्धान व्युरोले संलग्न चिनियाँ गिरोह पक्राउ गरेसँगै यसको खुलाशा भएको हो ।
ब्युरोले ४ जना पीडितमहिला सहित ६ नेपाली र ४ जना चिनियाँ नागरिक पक्राउ गरि सार्वजनिक गरेको छ । ब्युरोका प्रवक्ता एसपी गोविन्द थपलियाका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोककी रिना तामाङ भनिने बिबिरानी तामाङ, नुवाकाटका रोज तामाङ, लमजुङकी पार्वती गुरुङ, अमृता गुरुङ, भरत तामाङ र उषाकुमार घिमिरे छन् ।

उनीहरुसँगै चिनियाँ नागरिक जेङ सियाङ डोङ, ज्याङ डोङ हुइ, क्वान ग्याङ पिङ र क्वीन लियाङ समेत पक्राउ परेको जनाइएको छ । चिनियाँ नागरिकले नेपाली युवतीसँग अदालती विवाह गरेर विवाह दर्ता समेत गरी चीन लाने गरेको प्रहरीले जानकारी दिएको छ । यसरी लगिएका युवतीहरुलाई यौनजन्य कार्यमा प्रयोग गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको व्युरोको जानकारी दिएको छ ।
उनीहरुको साथबाट १२ वटा मोबाइल, करिब २२ लाख नेपाली रुपैयाँ, चिनियाँ यूआन २ हजार ३ सय र अमेरिकी डलर १ सय ९० बरामद भएको जानकारी समेत व्युरोले दिएको छ । व्युरोका अनुसार उनीहरुमाथि थप अनुसन्धान भईरहेको र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन ,२०६४ अनुसार अनुसन्धान र कारवाही हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्