सुर्खेत ‘गौहत्या’ छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति, उपसचिव पाठक संयोजक

<span class='c1'>सुर्खेत ‘गौहत्या’ छानबिन गर्न गृह मन्त्रालयले</span> <span class='c2'>बनायो समिति, उपसचिव पाठक संयोजक</span>

काठमाडौं । बाँकेको नेपालगञ्जबाट लगिएका गाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मृत भेटिएको घटनामा गृह मन्त्रालयले छानबिन गर्ने भएको छ ।

मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले शनिवार विज्ञप्ति जारी गर्दै छानबिनका लागि उपसचिव सागरमणि पाठकको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको जनाएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको काञ्जी हाउसबाट लगिएका ३ सय ७० गाईगोरुमध्ये २४ गाईगोरु वीरेन्द्रनगर नगरपालिका–१४ कटकुवास्थित जंगलमा मृत फेला परेका थिए । घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतले गाईगोरु ढुवानीमा प्रयोग भएका ४ वटा ट्रक बरामद गरेको छ भने ट्रक चालकलाई पक्राउ गरेर प्रहरी नियन्त्रणमा राखेको छ ।

‘गौहत्या जस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई कानून बमोजिम हदैसम्मको कारवाही गरिने र कुनै पनि किसिमको उन्मुक्ति नदिइने कुरामा समेत गृह मन्त्रालय प्रतिवद्ध रहेको व्यहोरा समेत जानकारीको लागि अनुुरोध छ,’ विज्ञप्तिमा लेखिएको छ ।

हेर्नुस् विज्ञप्ति :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्