बीपी राजमार्ग फराकिलो बनाइँदै, सुरुङ मार्ग पनि निर्माण गरिने

<span class='c1'>बीपी राजमार्ग फराकिलो बनाइँदै, सुरुङ</span> <span class='c2'>मार्ग पनि निर्माण गरिने</span>

काठमाडौं ।  काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने वैकल्पिक सडकका रुपमा निर्माण भएको बीपी राजमार्ग अब दुई लेनको बन्ने भएको छ । सडक साँघुरो हुँदा सवारीसाधन आवतजावत गर्न कठिनाइ भएपछि सरकारले दुई लेनको सडक निर्माण गर्ने योजना अगाडि सारेको हो ।

निर्माण सम्पन्न भएको ५ वर्षपछि सरकारले जापान सरकारको सहयोगमा निर्मित उक्त राजमार्ग विस्तार गर्ने का अगाडि बढाएको छ ।सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाका प्रमुख सूर्यभाटले बढ्दो सवारी चापलाई ध्यानमा राखेर सडक विस्तार गर्ने योजना अगाडि सारिएको बताए ।

बीपी राजमार्गको धुलिखेल–नेपालथोक हुँदै मूलकोटसम्म करिब ७० किलोमिटर र चिया बगान–बर्दिवासम्मको ४४ किलोमिटर सडकको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)को काम यसै वर्ष अगाडि बढ्नेछ।

खुर्कोट–सिन्धुलीगढी–चियाबारी ३० किलोमिटर दूरी रहेकामा खुर्कोट–चियाबारी सात किलोमिटरको सुरुङ मार्ग निर्माण भएको अवस्थामा २३ किलोमिटर दूरीसमेत घट्ने भएको छ। उक्त सुरुङ मार्ग निर्माणका लागि जापान सरकार इच्छुक देखिएको छ। यो समाचार नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्