भब्य भयो रंगेलीमा यस बर्षको तीज, बृद्धा आमाहरुलाई सम्मान (फोटो फिचर)

भब्य भयो रंगेलीमा यस बर्षको तीज, बृद्धा आमाहरुलाई सम्मान (फोटो फिचर)

रबिन्द्र बराल
रंगेली । नेपाली दिदी बहिनीहरुले यो बर्षको हरितालितका तीज भब्य रुपमा मनाएका छन् । मोरङको रंगेली नगरपालिका २ स्थिति लाटामराङमा रहेको राधाकृष्ण भजन कृतन समितिले एक कार्यक्रम को आयोजना गरि भब्य रुपमा तीज कार्यक्रमको आयोजना गरेको हो । समितिले विभिन्न नाटक प्रस्तुत गर्नुका साथै मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेको थियो । समितिले बृद्धहरुलाई सम्मान समेत गरेको छ ।
समितिले ७९ बर्षीय सुर्य कुमारी भेटवाल, ९० बर्षीय कुसुम थापा, ८६ बर्षीय अम्विका कार्की र ८८ बर्षीय सावित्री दाहाललाई सम्मान गरेको होे । कार्यक्रममा सहभागी महिलाहरुले तीज गीत गाउनुका साथै नृत्य समेत गरेका थिए । 
तीजकै अवसरमा रंगेली ८ स्थित दर्वेशा चोकमा तीज कार्यक्रमको आयोजना गरिएको छ । त्यसैगरी रंगेली ४ मा रहेको सृजनशिल विकास समूह र समाज सेवा युवा क्लव आमतोलाले समेत तीजे कार्यक्रमको आयोजना गरेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्