एसएसपी ढकालको ‘सपनाको राजा’ सार्वजिनक भएको एक महिनामै १८ लाख हेरे

एसएसपी ढकालको ‘सपनाको राजा’ सार्वजिनक भएको एक महिनामै १८ लाख हेरे

विराटनगर । गीतकार भीम ढकालको गीत युट्युवमा सार्वजनिक भएको एक महिनामै १८ लाख पटक हेरिएको छ ।
नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक एसएसपीसमेत रहेका ढकालको ‘सपनाको राजा’ एक महिनाअघि मात्रै युट्युवमा सार्वजनिक भएको थियो । नेपाल प्रहरीभित्र इमान्दार र क्षमतावान् अधिकृतको छवि बनाएका ढकाल साहित्यमा पनि उत्तिकै दख्खल राख्छन् । उनी विशेष गरी गीतकारका रुपमा चिनिन्छन् ।
आनन्द राईले संगीत भरेको गीतमा मेलिना राईले स्वर दिएकी छन् । निराजन प्रधान र एलिसा राईको अभिनय रहेको गीतमा निर्देशन युवराज वाइवाले गरेका छन् । छोटो समयमै धेरै दर्शक स्रोताबाट माया प्राप्त भएकोमा ढकालले खुसी व्यक्त गरे । ‘यो मेरालाई अत्यन्तै ठूलो उपलब्धि हो,’ ढकालले भने, ‘यो क्षेत्रमा अगाडि बढ्न झनै हौसला मिलेको छ ।’ ढकाल एसएसपी हुनु अगाडि झापाको प्रहरी प्रमुख थिए ।

https://www.youtube.com/watch?v=rrOTRyKoNZo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्