विराटनगरको सहिद रंगशालामा संविधान दिवसमा टिन्स क्लवका युवाले मार्चपास गर्ने

<span class='c1'>विराटनगरको सहिद रंगशालामा संविधान दिवसमा</span> <span class='c2'>टिन्स क्लवका युवाले मार्चपास गर्ने</span>

विराटनगर । प्रदेश सरकारले संविधान दिवसको अवसर पारेर भव्य कार्यक्रम गर्ने भएको छ। विराटनगरस्थित सहिद रंगशालामा प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोविन्दबहादुर तुम्बाहाङको प्रमुख आतिथ्यतामा असोज ३ गते हुने कार्यक्रममा रंगीचंगी बेलुनको झुण्डको बीचमा ‘संविधान दिवस–२०७६’ अंकित व्यानरसहित बेलुन उडाउने कार्यक्रम छ। यस्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउट, सगरमाथा टिन्स क्लब, एनसीसी. र विद्यार्थीद्वारा मार्चपास पनि गरिने भएको छ । कार्यक्रममा विभिन्न धार्मिक-सामाजिक संघ संस्थाहरूबाट विभिन्न जातजातिको भेष-भूषा र संस्कृति झल्कने सांस्कृतिक झलक प्रदर्शन गर्ने, झाँकीबीच प्रतिस्पर्धा गराई उत्कृष्ट झाँकी छनौट पनि गरिनेछ।

यस्तै प्रदेशको राजधानी विराटनगरका वरपरका स्थानीय तहबाट झाँकी प्रदर्शन गर्ने कार्यक्रम पनि तय भएको छ।  संविधान दिवसको अवसर पारेर नेपाली साहित्य, खेलकुद र पर्वतारोहण क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्याकुल माइला, मीरा राई र कामीरिता शेर्पालाई सम्मान गरिने छ। संविधान दिवस–२०७६ मनाउने सन्दर्भमा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारी, प्रदेशका सबै मन्त्री, उच्च अदालतका मुख्य न्यायाधीश, प्रमुख प्रतिपक्षी दलका नेता, उपसभामुख, प्रदेशका सांसदहरू रहेको मूल समारोह समिति गठन गरेको छ। यस्तै आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा रहेको प्रचारप्रसार उपसमिति, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको संयोजकत्वमा मञ्च व्यवस्थापन तथा सजावट उपसमिति, मोरङका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ग्राउण्ड, कवाज, व्यायाम तथा झाँकी व्यवस्थापन उपसमिति गठन भएको छ। बैठकले संविधान दिवसको पूर्व संध्यामा असोज २ गते प्रदेश राजधानी भित्रका सबै सरकारी कार्यालय, विराटनगर महानगरपालिका, संस्थानहरू तथा विभिन्न स्थानमा राष्ट्रिय झण्डा एवं व्यानर सजाई नगरको श्रृंगार र सरसफाई गरिने भएको छ। यस्तै प्रदेश भरिका सरकारी कार्यालय, मानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाले आ-आफ्नो कार्यालय परिसरमा, सगरमाथा टिन्स् क्लवहरूले आ-आफ्नो विद्यालय तथा आम नागरिकले घर घरमा सरसफाई गर्ने निर्णय पनि गरिएको छ। यस्तै साँझ दिपावली गर्ने कार्यक्रम छ।

बैठकले संविधान दिवसलाई भव्यताका साथ मनाउन नेपालको संविधानको विषयमा केन्द्रित रही विशेष परिसंवाद, संवादलगायत जनचेतनामूलक कार्यक्रमको प्रकाशन तथा प्रशारण गर्ने व्यवस्था मिलाउने, नेपाल टेलिभिजन, रेडियो नेपाल एवं निजि क्षेत्रका अन्य सञ्चार माध्यमबाट संविधानको महत्वका बारेमा कार्यक्रम प्रकाशन तथा प्रशारण गराउने निर्णय गरेको छ।

यस्तै प्रदेशभरिका सामाजिक संघ संस्थाहरूलाई समेत परिचालन गरी रक्तदान, अस्पतालमा बिरामीलाई फलफूल वितरण, ज्येष्ठ नागरिक घर (वृद्ध आश्रम) मा फलफूल वितरण जस्ता सामाजिक कार्य गर्ने व्यवस्था मिलाउने, प्रदेशभरिका विद्यालयमा संविधानका प्रावधानका विषयमा निबन्ध, वक्तृत्वकला, कविता लगायतका रचनात्मक प्रतियोगिता सञ्चालन गराउने, जनस्वास्थ्य कार्यालय र नेपाल रेडक्रसको समन्वयमा प्रदेश १ भरि खुल्ला रक्तदान कार्यक्रम गर्ने पनि निर्णय भएको छ।

संविधान दिवसका दिन असोज ३ गते बिहान नेपाली सेनाद्वारा विगुल (रिभाली) बजाउने, नेपालको राष्ट्रिय झन्डा प्रदेश भित्रका सबै जिल्ला सदरमुकाम र महत्वपूर्ण स्थानमा स्थायी प्रबन्ध गरी फरफराउने कार्यको शुरुवात गर्ने (विराटनगर विमानस्थलमा माननीय मुख्यमन्त्रीबाट शुभारम्भ गर्ने)। विहान ७ बजे आदर्श माविबाट शुरु भई जिल्ला प्रशासन–गोल्छा मोड–रंगेली रोड–अस्पतालचोक हुँदै शहीद रंगशालामा पुगी सभामा परिणत हुने कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्