एटीएम ह्याकिङमा संलग्न चिनियाँमुलका फ्रान्सेली सहित तीन नेपाली पक्राउ

<span class='c1'>एटीएम ह्याकिङमा संलग्न चिनियाँमुलका फ्रान्सेली</span> <span class='c2'>सहित तीन नेपाली पक्राउ</span>

काठमाडौँ । राजधानीका विभिन्न बैंकहरूको एटीएम ह्याकिङमा संलग्न चिनियाँ मूलका फ्रान्सेली नागरिक जु लुइक्ली सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तम सुवेदीका अनुसार, ह्याकिङ घटनामा संलग्न आठजनामध्ये तीनजना फरार थिए । पाँचजना शनिबार साँझ दरबारमार्गक्षेत्रबाट पक्राउ परेका हुन् ।
युरोपियन मुलुक स्पेनबाट एटीएम ह्याकिङको कमाण्ड निर्देशन अनुसार परिचालन हुने समूहका सदस्यहरू चिनियाँ मूलका युरोपियन नागरिक भएको हुन सक्ने अनुमान प्रहरीको छ । फरार दुईजनाको खोजी जारी छ ।
यसैबीच, एटीएम ह्याक गरी झिकिएको पैसा सटही गरेको अभियोगमा प्रहरीले ठमेलस्थित डेक्सो मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने र नेपाल मनी एक्सचेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडीलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार, मनी एक्सचेन्जबाट २९ लाख ९९ हजार रुपिँया सटही गरी २५ हजार आठसय ६२ अमेरिकी डलर लिएका थिए । यतिको रकम सटही गर्नु कानुनी रुपमा गैरकानुनी भएको जानकारी प्रहरीले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्