विराटनगरको मलायरोडबाट ६ सय किलो परिक्षण नगरिएको तरकारी बरामद

विराटनगरको मलायरोडबाट ६ सय किलो परिक्षण नगरिएको तरकारी बरामद

विराटनगर । विराटनगरको मलायरोडबाट प्रहरीले परिक्षण नगरि ल्याएको तरकारी बरामद गरेको छ । जोगबनीबाट विषादी परिक्षण नगरी ल्याएको तरकारी प्रहरीले बरामद गरेको हो ।
विराटनगर १४ स्थित पुरानो हवाई फिल्ड मलायरोडबाट करिव ६ सय किलो तरकारी बरामद गरेको प्रहरीले जनाएको छ। विराटनगर भन्सार रानीबाट विषादी परिक्षण नगरी नेपाल तर्फ आउँदै गर्दा मंगलबार विहान प्रहरीको टोलीले तरकारी नियन्त्रणमा लिएको हो ।
विराटनगरकी सिता नाम की ब्यापारीले भन्सार तिरेको तर विषादी परिक्षण नगरी विराटनगर तर्फ ल्याउदै गर्दा तरकारी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ईन्द्र रानाले जानकारी दिए । नियन्त्रणमा लिएको तरकारी भन्सार कार्यालयमा बुझाईने प्रहरीले जनाएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्