पर्साको पकाहामैनपुरमा रक्सी र गुड्खा विक्रीवितरणमा प्रतिबन्ध, ४० वटा रक्सी भट्टी बन्द

<span class='c1'>पर्साको पकाहामैनपुरमा रक्सी र गुड्खा विक्रीवितरणमा</span> <span class='c2'>प्रतिबन्ध, ४० वटा रक्सी भट्टी बन्द</span>

पर्सा । प्रदेश नम्बर -२ को पर्सास्थित पकाहामैनपुर गाउँपालिकाले रक्सी र गुड्खा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। गत आइतबार गाउँपालिकाले सर्वदलीय बैठक राखेर रक्सी र गुड्खा प्रतिबन्ध लगाउने निर्णय गरेको गाउँपालिका प्रमुख विजयकुमार चौरासियाले जानकारी दिए।

‘गाउँको मुख्य समस्या नै रक्सी र गुड्खा देखियो,’ उनले  भने, ‘अब रक्सी पिउन दिँदैनौं।’ रक्सी पिएर हो-हल्ला गर्नेदेखि घरेलु हिंसाका घटनासमेत हुने गरेकोले नियन्त्रण गर्नु परेको उनले जानकारी दिए। रक्सी पिएर गाउँपालिकाभित्र सडकमा सवारीसाधन चलाउने चालकको संख्या पनि वृद्धि भएपछि रक्सी नियन्त्रण गर्नुपरेको उनको भनाइ छ।

‘गाउँपालिकाभित्र सडकमा ट्राफिक प्रहरी बस्दैनन्,’ उनले भने, ‘रक्सी पिएर मातिएका चालकले जथाभावी सवारी चलाएपछि दुर्घटना पनि बढ्यो।’

विद्यालय नजिकका पसलमा पनि रक्सी र गुड्खा विक्री हुँदै आएको भेटिएकोले अबदेखि विक्री गरे कारबाहीको दायरामा ल्याउने उनले बताए। ‘विद्यालय छेवैको पसलमा पनि रक्सी विक्री गर्ने गरेको भेटियो,’ उनले भने, ‘स-साना विद्यार्थीमा पनि मादक पदार्थ सेवन गर्ने बानी पर्ला भनेर नियन्त्रण गर्ने निर्णय गरेका हौं।’

गुड्खा र चुरोट सेवनकै कारण गाउँका बासिन्दामा क्यान्सर रोग देखिएको भन्दै उनले विक्री वितरण नै रोक्ने निर्णय गर्नुपरेको बताए।

गाउँपालिकाले रक्सी विक्री गर्ने ४० वटा भट्टीसमेत बन्द गरिदिएको उनले जानकारी दिए।‘भट्टी बन्द गरिदिसक्यौं,’ उनले भने, ‘गुड्खा बेच्ने व्यापारीलाई पनि कारबाहीको दायरामा ल्याउँछौं।’

रक्सी र गुड्खा विक्री दस दिनको लागि खुला गरिदिन व्यापारीले गाउँपालिकासँग माग गरेका छन्।‘उधारो खाएका छन् उठाउनुपर्ने छ भन्दै दस दिनको समय मागेका छन्,’ उनले भने। सोमबारदेखि कडाइका साथ गाउँपालिकाभित्र अनुगमन गरिएको उनले बताए। रक्सी र गुड्खा विक्री वितरणमा रोक लगाए पनि अटेर गरी विक्री गरेको भेटिए कारबाही गर्ने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्