विराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयूक्त आयोजनामा नेपालका लागि यूनाइटेड अरब ईमिराट्सका राजदुत सईद एच.एम अल हन्तोवी अल नक्वीका साथ दुईपक्षिय व्यापारिक हितका सम्वन्धमा आज विराटनगरमा छलफल भएको छ । छलफलमा उपस्थित यूनाइटेड अरब ईमिराट्सका राजदुत सईद एच.एम अल हन्तोवी अल नक्वी तथा मुस्लिम आयोग नेपालका अध्यक्ष शमिम मिया अन्सारीको स्वागत गर्दै उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले पर्यटनको क्षेत्रमा अरबले गरेको विकास सह्रानिय भएको बताए । उनले नेपालको पूर्वी क्षेत्रमा पनि पर्यटनको प्रचूर सम्भावना भएकाले त्यसका लागि औद्योगिक क्षेत्रमा प्रविधि हस्तान्तरण, मानव संशाधनको विकास र लगानीका सम्भावित क्षेत्र पहिचानका साथै दुई पक्षिय व्यापार विस्तारमा सहयोग गर्न अनुरोध गरे ।
मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले विराटनगरमा औद्योगिक शहर भएतापनि यस क्षेत्रमा प्रदर्शनी स्थल र धेरै क्षमता भएको अडिटोरियम निर्माणमा सहयोग पु¥याउन अनुरोध गरे । त्यसैगरी जलविद्युतको सम्भावनालाई दुष्टिगत गर्दै लगानी गर्न, खेलकुद क्षेत्रको विकासलाई ध्यानमा राखी रंगशाला निर्माणका सहयोग पु¥याउन उनको अनुरोध थियो ।
नेपालका लागि यूनाइटेड अरब ईमिराट्सका राजदुत सईद एच.एम अल हन्तोवी अल नक्वीले नेपाल र अरब ईमिराट्स वीच अत्यन्त सौहाद्र सम्वन्ध भएको र दुवै देश वीच लगानीका क्षेत्र प्रचुर सम्भावना भएको वताए । उनले नेपाली उद्योगीले आफ्ना उत्पादनलाई ब्राण्डिङ गरी उच्चस्तरीय उत्पादन गरी अरबमा निर्यातका लागि पहलकदम गर्न अनुरोध गरे । राजदुत नक्वीले दुवै देशको व्यापारिक सम्वन्ध विस्तारका लागि आफुले आगामी दिनमा समन्वय र पहल गर्ने वताउदै नेपालको शिक्षा र कृषिका क्षेत्रमा अरवले सहयोग गरिरहेको बताए । उनले आगामी दिनमा अन्य क्षेत्रमा पनि लगानी विस्तार गर्दै लैजाने बताए ।
नेपाल मुस्लिम आयोगका अध्यक्ष शमिम मिया अन्सारीले अन्तरकृया कार्यक्रम आयोजना गरेकोमा संगठन र संघलाई धन्यवाद दिँदै शैक्षिक क्षेत्र तथा मानव संशाधन विकासको अरव ईमिराट्सबाट थप सहयोगको हुने विश्वास व्यक्त गरे ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजु थपलियाले सूचना प्रविधि, हस्पिटेलिटीका साथै स्वास्थ्य शिक्षा क्षेत्रमा विश्वविद्यालय अरब ईमिराटससंग सहकार्य गर्न ईच्छुक रहेको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल, दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदार, मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष पवन शारडा लगायतले आफ्नो धारणा राखेका थिए ।