हरिनास गाउपालिकाको मिनडाँडामा बुबा र छोराको हत्या

<span class='c1'>हरिनास गाउपालिकाको मिनडाँडामा बुबा</span> <span class='c2'>र छोराको हत्या</span>

पोखरा । स्याङ्जाको हरिनास गाउपालिका ३ स्थित ललहीको मिनडाँडामा बुबा र छोराको हत्या भएको छ। मंगलबार बिहान करिब ४ बजे तिर २९ वर्षका बाबु चित्रबहादुर खड्का र उनका ४ वर्षका छोरा रिजनको धारिलो हतियार प्रयोग गरी हत्या भएको जिल्ला प्रशासन कार्यालय स्यांजाले जानकारी दिएको छ। स्याङ्जाका निमित्त प्रमुख जिल्ला अधिकारी  ध्रुव गिरीले उक्त घटनाको पुष्टि गरेका हुन्।

‘यो ठाउँ सदरमुकामबाट टाढा, तनहुँसँग सीमा जोडिएको क्षेत्र पर्छ,’ उनले भने, ‘कसैले बाबुछोराकै हत्या गरेको छ भन्ने खबर पाउनासाथ   एसपीको नेतृत्वमा प्रहरी त्यहाँ पुगेर पनि आइसकेको टोली फर्किसकेको छ।’ स्थानीयले केहि अपरिचीत व्यक्ति बिहान खड्काको घरमा छिरेर बाबु छोराकै हत्या गरेर भागेको बताएका छन्। स्याङ्जा एसपी राजकुमार लम्सालले पनि उक्त घटनाको थप पुष्टि गरे। ‘घटनाको प्रकृति हेर्दा हत्या भएकै हो,’ उनले भने, ‘दुवैको घाँटी रेटेर मारेको छ। अनुसन्धानको काम भइरहेको छ। सोधपुछ भइरहेको छ।’ मृतक खड्का गाउँमै बाख्रा पालन र मिल व्यवसाय गर्दै आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्