मानव बेचविखन बिरुद्धको अभियान : सौठामा प्रहरीको विद्यार्थी लक्षित प्रशिक्षण

<span class='c1'>मानव बेचविखन बिरुद्धको अभियान :</span> <span class='c2'>सौठामा प्रहरीको विद्यार्थी लक्षित प्रशिक्षण</span>

रबिन्द्र बराल
रंगेली । मोरङको रतुवामाई नगरपालिका ६ स्थित सौठा माध्यमिक विद्यालयमा एक दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । भदौ १४ देखि २० गतेसम्म मानव बेचबिखन बिरुद्ध साताव्यापी जनचेतनामूलक कार्यक्रम अन्तरगत विद्यालयमा कक्षा ९, १०, ११ र १२ का विद्यार्थीलाई लक्षित सचेतना सम्बन्धि प्रशिक्षण दिईएको हो ।
कार्यक्रममा लागुऔषध, महिला हिंसा, बालविवाह, ट्राफिक नियम तथा साइवर अपराधका विषयमा समेत प्रक्षिक्षण दिएको थियो । सामाजिक सञ्जालको सही प्रयोग गर्न नजान्दा बिभिन्न घटना हुन थालेपछि प्रहरीले सामाजिक संचाल प्रयोगको बारेमा पनि जानकारी दिँदै आएको छ । विद्यालयका प्राचार्य लक्ष्मीप्रसाद कोईरालाले युवा युवती दिन प्रतिदिन सामाजिक संजालको गलत प्रयोगमा रहेकोले जनचेतनामूलक कार्यक्रम गर्नु निकै फलदायी हुने बताए ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एव प्रहरी वरिष्ठ उपरिक्षक किशोर कुमार दाहालले साइबर क्राइम, बाल बिबाह , ट्राफिक नियम, लागु औषध सम्बन्धी बिषयमा प्रशिक्षण दिएका थिए । प्रशिक्षण दिदै दाहाल गाउँ घरमा अहिले पनि मानव बेचबिखनका घटना, घरेलु हिंसा कायमै रहेको हुनाले यसबाट हुने हिंसा रोक्न सबै पक्षको भुमिका महत्वपुर्ण हुने बताए
१ न प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजना तथा ईलाका प्रहरी कार्यालय सिजुवाको पहलमा समुदाय प्रहरी साझेदारी अन्तर्गत कार्यक्रम गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्