काठमाडौँ । प्रहरीले पूर्वराजदूत केशवराज झाको हत्यामा संलग्नको पहिचान गरेको छ । लामो अनुसन्धानपछि प्रहरीले झाको घरमा नै काम गर्दै आएका सानुकान्छा तामाङ नै हत्यारा भएको निष्कर्ष निकालेको छ ।
हत्यामा संलग्न रहेका सानुकान्छाले तलबको विषयलाई लिएर पटकपटक असन्तुष्टि जनाउँदै आएको र आफूलाई थोरै तलब भएको भन्दै मिडियाकर्मीलाई समेत जानकारी गराएको तथ्य प्रहरीले फेला पारेको छ ।
यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।