विराटनगर भन्सारका कर्मचारीको मिलेमतोमा पूरानो बिलबाट तरकारी आयात

विराटनगर भन्सारका कर्मचारीको मिलेमतोमा पूरानो बिलबाट तरकारी आयात

विराटनगर । दुई साता बढी पूरानो बिल र बिषादी परीक्षणको प्रमाणपत्रको आधारमा आयात गर्न लागिएको तरकारी मोरङ प्रहरीले विराटनगरबाट बरामद गरेको छ ।भारतीय बजार जोगबनीबाट विराटनगरतर्फ ल्याउँदै गरेको ६०० केजी तरकारी प्रहरीले  मंगलवार बिहान बरामद गरेको हो ।

दुई साता बढी पूरानो बिषादि परीक्षणको प्रमाणपत्र र बिलको आधारमा व्यापारीले तरकारी ल्याइरहेको फेला परेपछि चार ठेला तरकारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । बरामद तरकारी विराटनगर भन्सार कार्याललाई बुझाइएको उनले बताए ।

विराट आँखा अस्पताल नजिकैबाट प्रहरीले चार ओटा ठेलामा लोड गरिएको परवल,गोलभेंडा,चटेल र खुर्सानी नियन्त्रणमा लिएको हो । बरामद गरिएको तरकारीको साउन ३० गते बिल काटिएको छ भने साउन ३१ गते विर्तामोडस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईबाट बिषादी परीक्षण गरिएको प्रमाणपत्र तरकारी ल्याउँदै गरेको ठेलाचालकबाट भेटिएको छ ।

बिल र बिषादीको प्रमाणपत्र दुई साता पूरानो भएपनि विराटनगर भन्सार कार्यालयले भने मंगलवारको मितिमा नियमानुुसारको राजस्व लिएर तरकारी नेपालतर्फ ल्याउन अनुमति दिएको पाइएको छ । विराटनगरस्थित राम ट्रेडर्सको नाममा सो तरकारी आयात गरिएको बरामद तरकारीको बिलमा उल्लेख छ ।

व्यापारी र भन्सारका कर्मचारीको मिलेमतोमा एउटै बिल र प्रमाणपत्र देखाएर कयौं पटकसम्म तरकारी लगायतका सामग्री ओसार्ने गरिएको सरोकारवालाले यसअघि देखिनै दाबी गर्दै आएका छन् । अभियान दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्