सिंगापुरमा मिर्गौलाको उपचार गराइरहेका प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया आज पूरा हुँदै

सिंगापुरमा मिर्गौलाको उपचार गराइरहेका प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया आज पूरा हुँदै

काठमाडौं । सिंगापुरमा मिर्गौलाको उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया आज पूरा हुँदैछ ।शरीरमा एण्टीबडीको मात्रा बढेपछि प्रधानमन्त्री ओली गत भदौ ५ गते उपचारका लागि सिंगापुर गएका थिए । उनको आज सातौं पटक प्लाज्मा फेरेसीस गरिँदैछ ।

यसपछि भोलि चिकित्सकहरुले रिपोर्ट हेरेपछि उनीहरुकै सल्लाहनुसार प्रधानमन्त्री ओलीको स्वदेश फर्कने मिति तय गरिनेछ ।ओली चाँडोमा शुक्रबार नैं काठमाडौं फर्कने संभावना रहेको उनी निकट स्रोतले बताएको छ ।

यसैबीच, प्रधानमन्त्री ओलीले दोस्रो पटक मन्त्रीहरूसँग भिडिओ कन्फेरेन्सबाट कुराकानी गरेका छन् ।प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार प्रधानमन्त्रीले हिजो मन्त्रीहरूसँग कुराकानी गरेका हुन् ।

कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले मन्त्रालयका समस्या र मन्त्रिपरिषद बैठक नबस्दा रोकिएका कामबारे चासो राखेको बताइएको छ ।त्यस क्रममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे पनि कुराकानी भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्