साथी–साथीबीच एकापसमा झगडा, ढुंगाले हानेर साथीको हत्या

<span class='c1'>साथी–साथीबीच एकापसमा झगडा, ढुंगाले</span> <span class='c2'>हानेर साथीको हत्या</span>

काठमाडौं, भदौ १८ । काठमाडौंको कपनमा साथी–साथीबीच एकापसमा झगडा हुँदा एकको मृत्यु भएको छ । बूढानीलकण्ठ नगरपालिका–१० आदर्शनगरमा मंगलबार राति साथी–साथीबीच एकापसमा झगडा हुँदा खोटाङका सञ्जय राईको मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले झगडामा गम्भीर घाइते राईको हेल्पिङ हेण्डस् अस्पताल लगिएकामा उक्त स्थानमा उपचार हुन नसकेपछि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको जानकारी दिए ।

हत्यामा सङ्लग्न सङ्खुवासभाका प्रेम राई र सुशाङ्क राईलाई प्रहरीले आज बिहान कपनबाट पक्राउ गरेको छ । तीनै जना कपन क्षेत्रमा घरमा टायल, मार्बल हाल्ने काम गर्ने गरेका र एकापसमा विवाद भएपछि ढुङ्गाले हानेर राईको हत्या गरिएको चन्दले बताए । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्