बिराटनगरमा बिद्यार्थीहरुको लागि बैज्ञानिक सेमिनार हुने ,बैज्ञानिक डा. कपिल पौडेल आउने

बिराटनगरमा बिद्यार्थीहरुको लागि बैज्ञानिक सेमिनार हुने ,बैज्ञानिक डा. कपिल पौडेल आउने

बिराटनगर भदौ १८ ,

बिराटनगरमा बिद्यार्थीहरुको लागि बैज्ञानिक सेमिनार हुने भएको छ । बिराटनगरको क्रिशु कन्सल्टेन्सीको आयोजनामा बिराटनगरमा भदौ २१ गते शनिबार उक्त कार्यक्रम हुने भएको हो । बिराटनगरको मारवाडी सेवा सदनमा बिहान ११ बजेबाट हुने कार्यक्रममा अमेरिकाबाट बैज्ञानिक डा. कपिल पौडेलको उपस्तिथी रहने छ ।

नेपाल लगायत विश्वमा चर्चा कमाउन सफल पौडेलले बिद्यार्थीसंग आफ्नो दिमागलाइ कसरी राम्ररी प्रयोग गर्ने , बिद्यार्थीहरुको राइट ब्रेन एक्टिभेसन तथा बिद्यार्थीमा हुने स्ट्रेस म्यानेजमेन्ट समन्धी तालिम दिईने आयोजक सस्थाका संयोजक दिलेन्द्र देवले जानकारी दिए ।

बिद्यार्थीहरुलाई पढाई तथा अन्य क्रियाकलापमा सफल बनाउन सकिन्छ भन्ने उदेश्यका साथ उक्त कार्यक्रम गर्न लागिएको देवले बताए ।  उक्त सेमिनार प्रदेश नम्बर १ मा पहिलोपटक हुन लागेको र यस सेमिनारबाट बिद्यार्थीले धेरै कुराको जानकारी पाउने देवको दाबि रहेको छ । कार्यक्रममा सहभागी हुन बिद्यार्थीले ५० रुपैया तिर्नु पर्ने छ  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्