झापामा यस्तो : वडा कार्यालयमै साथीको छातीमा छुरा प्रहार , पक्राउ परे सागर

<span class='c1'>झापामा यस्तो : वडा कार्यालयमै साथीको छातीमा</span> <span class='c2'>छुरा प्रहार , पक्राउ परे सागर</span>

झापा,  भदौ १८। वडा कार्यालयमै साथीको छातीमा छुरा प्रहार गर्ने एक जना पक्राउ परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा बुधबार बिहान ११ बजे पुरानो रिसइवीका कारण साथीलाई छातीमा छुरा प्रहार गरी घाइते बनाउने सागर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको हो ।

सोही वडाका २३ वर्षीय तिम्सिनाले शिवसताक्षी–११ बस्ने ३३ वर्षीय सुरज राईलाई छातीमा छुरा प्रहार गरी वडा कार्यालयमै घाइते बनाएका थिए । घाइते राईको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पुरानो रिसइवीका कारण राईको छातीमा छुरा प्रहार गर्ने तिम्सिनालाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्