विराटनगर । विराटनगर महानगरपालिका–४ का १९ वर्षीय समुन्द्र पोखरेलले इनर्जी ड्रिङ्क्स म्याक्स टाइगरको भाग्यशाली उपहार योजनाअन्तर्गत करिब ४ लाख रुपैयाँ मूल्य पर्ने यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गरेका छन् ।
साथीभाइसँग बसेर १३० रुपैयाँमा म्याक्स टाइगर पेयपदार्थ किनेर पिउँदा पोखरेललाई भाग्यशाली उपहारस्वरूप मोटरसाइकल परेको हो ।
उनले प्राप्त गरेको मोटरसाइकल बिहीबार साँझ विराटनगरको पुरानो गुद्री बजारमा आयोजित एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो । एग्रो थाई फुड्स प्रालिका क्षेत्रीय सेल्स प्रतिनिधि महेश श्रेष्ठले पोखरेललाई मोटरसाइकलको चाबी हस्तान्तरण गरेका थिए ।
मोटरसाइकल हस्तान्तरण गर्दै श्रेष्ठले कम्पनीले दशैं–तिहारलाई लक्षित गरी सञ्चालन गरेको उपहार योजनाअन्तर्गत पोखरेल भाग्यशाली विजेता बनेको बताए । यता, अप्रत्याशित रूपमा मोटरसाइकल उपहार पाएपछि पोखरेलले खुसी व्यक्त गरे । उनले आफूले यस्तो उपहार पाउने कल्पना समेत नगरेको बताउँदै भने, “यो मैले सोच्दै नसोचेको उपहार हो । मोटरसाइकल पाउँदा अचम्मित र निकै खुसी भएको छु । यसका लागि एग्रो थाई फुड्स प्रालिलाई हार्दिक आभार व्यक्त गर्दछु ।”