दुहबी–कटहरी प्रसारण लाइनको अवरोध हटाउन मुख्यमन्त्रीको पहल शुरु

दुहबी–कटहरी प्रसारण लाइनको अवरोध हटाउन मुख्यमन्त्रीको पहल शुरु

विराटनगर । लामो समयदेखी अवरोध रहँदै आएको दुहबी–कटहरी विद्युत प्रसारण लाइनको अवरोध हटाउन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पहल थालेका छन् । मुख्यमन्त्री राईले बुधवार आफ्नै कार्यकक्षमा समस्या समाधानबारे सरोकारवालाहरुसँग छलफल थालेका हुन् ।
यसका लागि मुख्यमन्त्री राईले मोरङ क्षेत्र नं ४ का संघीय सांसद अमनलाल मोदी सहित ग्रामथान गाउँपालिका अध्यक्ष, उद्योगी, व्यवसायी लगायतसँग छलफल गरे । स्थानीयले ग्रामथान गाउँपालिकाको गिधनियाँमा प्रसारण लाइन अबरोध गरेका थिए ।
छलफलमा प्रसारण लाइनको अवरोध हटाउन मुख्यमन्त्री राईले पहलकदमी लिने बताए । ‘समस्या समाधान गर्न म पहलकदमी लिन्छु, मुख्यमन्त्री राईले भने, समस्या राखेर हुँदैन, सबै मिलेर समाधान खोज्नुपर्छ ।’
विकास निर्माणमा सबैलाई सहयोग गर्न पनि मुख्यमन्त्री राईले आग्रह गरे । मुख्यमन्त्री राईले प्रसारण लाइनको समस्या अन्त्यका लागि एक दुई हप्तामै पुनः सरोकारवाला निकायहरुको बैठक बोलाउने बताए ।
यसका लागि प्राविधिक सहितको टोली गठन गरेर सम्बन्धित क्षेत्रको समस्या आधिकारीक रुपमा लिने र सामधानको पहल थालिने उनको भनाई छ । ‘अब यहाँको समस्या अन्त्य हुन्छ, मुख्यमन्त्री राईले भने, ‘विद्युत झ्याप्प झ्याप्प आउने जाने हुनुहुदैन, यसका लागि विद्युत प्राधिकरणले ध्यान दिओस् ।’
गत शनिबार मात्रै मुख्यमन्त्री राईले सोलु करिडोर १३२ केभी प्रसारण लाइनको अवरोध हटाउन पहल गरेका थिए । गिधनियाँको अवरोध हटाउन मोरङ–सुनसरीका उद्योगी व्यवसायीहरुले माग गरिरहेका बेला मुख्यमन्त्री राईले अग्रसरता लिएका हुन् । गत हिउँदमा पनि कोशी करिडोरको विवाद समाधान भएका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्