मेरिल्याण्ड कलेजले आयोजना गरेको वक्तृत्वकलामा रौनियार पहिलो

मेरिल्याण्ड कलेजले आयोजना गरेको वक्तृत्वकलामा रौनियार पहिलो

विराटनगर। विराटनगरस्थित मेरिल्याण्ड कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा अञ्जली रौनियार प्रथम भएकी छन् ।
‘समृद्ध राष्ट्र निर्माणमा युवाको भूमिका’ शीर्षकमा आफ्नो विचार राख्दै रौनियार प्रथम भएकी हुन् । त्यस्तै प्रतियोगिता अमिश दंगाल द्वितीय, हेरेनिका ढकाल तृतीय र लाड्ली खातुनले सान्त्वना स्थान प्राप्त गरे ।
मकालु टेलिभिजनका सहसम्पादक समेत रहेका कवि एवं पत्रकार मीनकुमार नवोदित र प्राध्यापक राजन दत्तको निर्णायक समितिले प्रतिस्पर्धीहरूमध्येबाट पुरस्कृतको नामावली सार्वजनिक गरेको थियो ।
‘समृद्ध राष्ट्र निर्माणमा युवाको भूमिका’ र ‘प्रविधिको प्रयोग, अवसर र चुनौती’ दुईवटा विषयमा प्रतिस्पर्धी विद्यार्थीहरूले आ–आफ्ना तर्क प्रस्तुत गरेका थिए । विद्यार्थीभित्र रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यका साथ वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको कलेजका प्राचार्य लक्ष्मण ढकालले जानकारी गराए ।
निर्णायक समितिका संयोजक नवोदितले कोर्सको किताब अध्ययनबाहेक आफ्नो रुचीअनुसारको अतिरिक्त क्रियाकलापमा पनि सक्रिय हुन विद्यार्थीहरूलाई आग्रह गरे । कार्यक्रममा कलेजका अध्यक्ष गुणराज ढुंगेल, उपाध्यक्ष प्रमोदकुमार झा, संस्थापक प्राचार्य मनोजकुमार गुप्ता, निर्देशक नन्दकुमार अग्रवाललगायतले अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउन प्रतिबद्ध गरेको बताए । प्रतियोगितामा कक्षा–११ र १२ मा अध्ययनरत विद्यार्थी सहभागी भएका थिए । कलेजबाट छनौट भएका विद्यार्थीले हिसानले आयोजना गर्ने वक्तृत्वकलामा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्