विराटनगरको हिमालय दर्शन कलेजसँग एम पर्सेप्ट टेक्नोलोजीसँग साझेदारी शुरु

विराटनगरको हिमालय दर्शन कलेजसँग एम पर्सेप्ट टेक्नोलोजीसँग साझेदारी शुरु

विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजले ललितपुरमा रहेको एम पर्सेप्ट टेक्नोलोजी कम्पनीसँग शैक्षिक गुणस्तर बढाउने बारेमा साझेदारी गरेको छ । आईटी कलेजलाई पुर्णता र गुणस्तर वृद्धिका लागि कलेजले कम्पनीसँग साझेदारी गरेको हो । हिमालय दर्शन कलेजले विराटनगरमा बुधबार एक कार्यक्रमको आयोजना कम्पनीसँग साझेदारी गरेको जनाएको छ ।
समझदारी पत्रमा कम्पनीका डाईरेक्टर सञ्जीव उदास र हिमालय दर्शन कलेजका अध्यक्ष गुणराज ढुङ्गेलले समझदारी पत्रमा हस्ताक्षर गेका छन् । आगामी दिनमा विराटनगरलाई आईटी क्षेत्रमा केन्द्रको रुपमा विकास गर्ने उदेश्यले यो समझदारी भएको कलेजले उल्लेख गरेको छ ।
साथै कलेजले यो वर्षको प्रथम सेमेष्टारमा विआइएम तर्फ नेपालभरी कै प्राईभेट कलेजमध्ये एक नम्बर तथा समग्रमा शंकरदेव क्याम्पस काडमाडौ पछि दोस्रो नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरेको छ । हिमालय दर्शन कलेजले गत बर्षदेखि मेरिल्याण्ड कलेज र शिक्षादीप कलेजले व्याचलर तहका शैक्षिक कार्यक्रमहरुमा सहकार्य गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्