विराटनगरको विराटसिटी अस्पतालमा उपचार गर्न गएका विरामीलाई डाक्टरद्धारा दुब्र्यवहार

<span class='c1'>विराटनगरको विराटसिटी अस्पतालमा उपचार गर्न</span> <span class='c2'>गएका विरामीलाई डाक्टरद्धारा दुब्र्यवहार</span>

विराटनगर । उदयपुरको वेलका नगरपालिका घर भएकी ज्ञाना खड्का (कमला) ईटहरीमा बस्दै आएकी छिन् । उनका भाई बिगत ५ बर्षदेखि हाडजोर्नी तथा नसा सम्बन्धि समस्याका कारण उपचारको खोजीमा थिए । ईटहरीमा बस्दै आएकी कमलालाई उनका भाई जीवन खड्काले विराटनगरको सिटी अस्पतालमा राम्रो डाक्टर रहेको भन्ने सुनाएर त्यही उपचारको लागि लैजान भन्दै दिदीलाई आग्रह गरे ।
विरामी भाई २३ बर्षिय जीवन खड्कालाई लिएर बुधवार दिउँसो कमला विराटनगरकाmे विराट सिटी अस्पतालमा पुगिन् । उदयपुरको बेलका नगरपालिका वडा नम्बर ९, रामपुरका जीवनलाई झण्डै ५ बर्षदेखि सामान्य ढाड दुख्ने समस्या देखिँदै आएको थियो ।
ढाड दुखेर एक साईड सुत्नै नहुने अबस्थामा रहेका जीवनलाई कसरी हुन्छ राम्रो डाक्टरलाई देखाएर उपचार गर्नु थियो । कमला र उनका भाई जीवन त्यही उपचारको खोजीमा बुधवार विराटनगरको रंगेली रोडमा रहेको विराट सिटी हस्पिटलमा पुगेका थिए ।
अस्पतालमा भित्र थिए डाक्टर सितलप्रसाद यादव । उदयपुरमा सितलप्रसाद यादवको बारेमा गाउँलेले कुराकानी गरेको थाहा पाएका उनीहरु नसा सम्बन्धि रोगको राम्रो उपचार हुन्छ भन्नेमा विस्वस्त थिए । गाउँमा लहैलहैमा कुरा सुनेका उनीहरुलाई आखिर डाक्टरले कस्तो उपचार गर्लान् भन्ने थियो । कमला बिल काट्न भन्दा पहिला अस्पतालका डाक्टर यादवलाई भेट्न जान खोजिन् ।
उनलाई अस्पतालमा पुगेपछि डाक्टर सितलप्रसाद यादव फिजिसियन भएको कसैले सुनायो । अनी यस्ता फिजिसियनले हाडजोर्नी तथा नसा सम्बन्धि समस्या हेर्छन् की हेर्दैनन् भन्नेमा उनलाई अन्यौल थियो । त्यसपछि उनी डाक्टरलाई सोधेर मात्र बिल काट्ने भन्दै गएकी कमलालाई डाक्टर नै भेट्न दिईएन । त्यसपछि उनले डाक्टरसँग सल्लाह लिएर मात्र बिल काट्ने अडान राखिन् त्यो बेलासम्म पनि त्यहाँको अबस्था ठिकै थियो । जब कमलाले डाक्टर यादवलाई भेट्नको लागि भित्रै गईन् अनी कथाले अर्कै रुप लियो ।
विरामीका आफन्तलाई अभद्र ब्यवहार
डाक्टरले उनलाई बिल नकाटी किन भित्र प्रबेश गरेको भन्दै गाली गर्न थाले । कमलाले सोध्न खोजेको कुरा सोध्नै दिएनन् , पुर्जा नकाटी नआउनु भन्दै उनले बिभिन्न गाली समेत गरेको कमलाले आरोप लगाईन् । विरामीको अबस्थाको बारेमा जानकारी गराउन गएकी कमलालाई पुर्जा काटेर मात्र भेट्न भन्दै तिनै डाक्टरले हप्काई दप्काई गरेको र बिरामीलाई धकेलेर बाहिर निकालेको उनले सुनाईन् ।
‘डाक्टरले बिरामीको कारण ब्यस्त छु भनेको भएपनि हुन्थ्यो, कमलाले भनिन्, आफै उठेर ढोका खोलेर बाहिर धकेल्दै निकाले, समस्याको बारेमा सोध्न जाँदा दुब्र्यवहार भयो ।’
अस्पतालमा भएको दुब्यहारको बारेमा उनले आफ्ना साथिहरुसँग सल्लाह गरिन् र उजुरी दिन जिल्ला प्रहरी कार्यालयमा पुगिन् । बुधवार साँझ जिल्ला प्रहरी कार्यालयमा आफुहरु माथि भएको दुब्र्यवहारको बारेमा जानकारी गराएकी कमलालाई प्रहरीले निवेदन दिन भनेपछि उनले निवेदन लेखेर बुझाएको भएपनि भोली मात्र दर्ता हुने भएको छ । आज समय बितेको भन्दै भोली उजुरी दर्ता हुने प्रहरी कार्यालयले जानकारी दिएको उनले बताईन् ।
कमलाका भाई जीवन यो भन्दा अगाडी यही समस्या लिएर नोबेलमा जाँदा हड्डी खिएको छ भनेर फर्कायो, न्युरोमा जाँदा नसाको सामान्य समस्या भएको बताएपछि औषधि खाएका थिए । त्यसपछि ईटहरीको बिपी चोकमा रहेको अस्पतालले थेरापी गर्न भनेपछि उनीहरु थेरापी गर्न गएका थिए । थेरापीबाट समस्या समाधान हुनुभन्दा बढेपछि सिटी अस्पतालमा उपचार हुने सुनेर आफुहरु यो अस्पतालमा आएको उनले बताईन् । राम्रो डाक्टर सम्झीएर आएका उनीहरु यसरी त्यही डाक्टरबाट भएको दुब्र्यवहारको बिषय लिएर प्रहरीसम्म पुग्न बाध्य भएका छन् ।

सिधै सोध्न नपाउने डाक्टर

कुनैपनि डाक्टरलाई भेट्न आउने तरिका हुनु पर्ने तर ती ब्यक्तिको तरिका नै नभएको डाक्टर यादवले बताए । ‘हामी डाक्टरलाई भेट्न आउनेले सिधै आउन हुँदैन, उनले भने, म विरामी जाँच गरि रहेको बेला पुर्जा नकाटी भित्र छिरेर उपचारको बारेमा मलाई सोध्न हुँदैन थियो ।’ उनी आफु ईन्क्वाईरी प्लेस नभएको भन्न भ्याए । डाक्टर सितलप्रसाद यादवले आफु पूर्वाञ्चलको वरिष्ठ फिजिसियन भएको दाबी गर्दै विश्वका कुनैपनि देशमा पुर्जा नकाटी डाक्टरलाई भेट्न नमिल्ने दाबी गरे । विरामी माथिको दुब्र्यवहारको बारेमा भने उनले आरोप लगाईए जस्तो नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्