रंगेलीमा देखिएको अबैध धन्दा, नेपालमा टिप्परको माथिल्लो भाग काटेर भारत निकासी

<span class='c1'>रंगेलीमा देखिएको अबैध धन्दा, नेपालमा टिप्परको</span> <span class='c2'>माथिल्लो भाग  काटेर भारत निकासी</span>

रबिन्द्र बराल
रंगेली–कानेपोखरी सडक सन् २०११ को मार्चमा भारतीय ठेकदार कम्पनी जिभिआर इन्फ्राप्रोजेक्ट लिमिटेड चाईनाले सो सडक बनाउने जिम्मा पाएको थियो ।
भारतबाटै हाईवा ट्रिपर तथा ट्याक्टरलगायतका सवारी साधन ल्याएर काम सुरु गरेको थियोे । सो कम्पनीले १८ महिना काम गरेर कम्पनी भागे पछि उनिहरुले प्रयोग गरेको सवारी साधन भने ब्यवारिसे अबस्थामा थिए । बषौँदेखि थन्किएर बिग्रिएको अवस्थामा कानेपोखरी गाउँ पालिकाको रमाइलो थियोे ।
दुईवटा टिप्पर भने केही महिना अगाडि रंगेली ८ स्थित बेदमारी पुल नजिकै एक महिना अगाडि देखि अलपत्र अबस्थामा थियो । केएबि३७४६ नम्बरका टिप्पर का सबै सामान काटेर अबैध रुपमा भारत तर्फ लैजाने गरेको पाईएको छ ।
स्थानीयले विगत तीन दिनदेखि केही नौला ब्यक्तिहरु टाटा सुमोमा आएर गाडीको माथिल्लो भागको सबै काटेर लैजाने गरेको बताए ।
एक महिना अगाडि मात्र दुईवटा टिप्पर अबैध रुपमा भारत तर्फ समेत लगिएको स्थानीय बताउँछन् । यस बिषयमा ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले मंगलबार बेलुकी घटनाको बारेमा जानकारी आएपछि प्रहरी परिचालन भएको बताए । सो स्थानमा गएको प्रहरीले गाडी काट्न प्रयोग भएको चारवटा सिलिन्डर समेत बरामद गर्नुका साथै गाडी काटने ब्यक्तिको खोजी भईरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्