मन्त्री पण्डित कर्मचारी प्रति कठोर बन्दै, कार्यसम्पादन सम्झौैता अनुसार काम नगरे कार्वाही

मन्त्री पण्डित कर्मचारी प्रति कठोर बन्दै, कार्यसम्पादन सम्झौैता अनुसार काम नगरे कार्वाही

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कार्यसम्पादन सम्झौता अनुसार काम नगरेर कार्वाही गर्ने चेतावनी दिएका छन् । बिराटनगरमा संचारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले सेवा प्रवाहमा लापरवाही गरेलाई दण्डित गर्ने बताएका हुन् ।
कर्मचारी समायोजन गर्ने बारेमा समिति नै खारेज भईसकेकोले कर्मचारलाई चित्त बुझेन भनेर उम्किने ठाउँ नै नभएको बताए ।
सबैलाई सन्तुष्टी गर्नै पर्ने भन्ने नभएको स्पष्ट पार्दै उनले सरकारको जागिर खाएको हो भने सरकारले खटाएको ठाउँमा नजाने, जनतालाई दुख दिने र जनताको सेवा प्रवाहमा असजिलो पार्नेलाई कार्वाही हुने मन्त्री पण्डितकाको चेतावनी छ ।
कर्मचारीहरुसँग अब ब्यक्तिगत कार्य सम्पादन सम्झौता प्रक्रियाको काम शुरु भईसकेको जानकारी दिँदै मन्त्री पण्डितले भएको कार्य सम्झौता अनुसार काम भए नभएको अनुमन र मुल्याङ्कन हुने भएकोले यदी सम्झौतामा तोकिए अनुसारको काम नगरेको पाईए त्यस्ता कर्मचारीलाई स्पष्टिकरण सोध्ने देखि कार्वाही गर्ने मन्त्री पण्डितको भनाई छ । उनले कार्यालय समयमा कुनैपनि कर्मचारीले ट्रेड युनियन गतिबिधि गरेको पाईएमा तत्काल दण्डित गरिने पनि स्पष्ट पारे ।
जिल्ला समन्वय समितिलाई अधिकार थप गर्ने भन्ने बारेमा संचारकर्मीले राखेको जिज्ञासामा मन्त्री पण्डितले समन्वय समितिको काम अनुगमन, निरिक्षण र समन्वयको काम भएकोले त्यसको ब्यवस्थापनलाई बलियो बनाईने बताए । तर उनले कुनै अधिकारको बिषय थप गर्ने वा परिवर्तन गर्ने भन्ने कुरा नभएको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्