विराटनगरमा एक युवाको शव फेला , पहिचान खुलेन

विराटनगरमा एक युवाको शव फेला , पहिचान खुलेन

विराटनगर १९ भदौ । विराटनगर १६ रानी भट्टिमोडमा पहिचान नखुलेका एक युवकको अत्याधिक मादक पदार्थ सेवन गरी ज्यान गएको छ ।
तराई मुलको देखिने अन्दाजी २५ बर्षको उमेरका युवकको बिहिबार दिउसो मादक पदार्थ सेवनबाट मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
युवकले अत्याधिक मादक सेवन पदार्थ सेवन गरेका कारण ज्यान गएको हुन सक्ने ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक ईन्द्र रानाले जानकारी दिनुभयो । ‘अहिले हामी अनुसन्धान गरिरहेका छौ ।’ तत्कालका लागी हामीले अहिले कोशी अञ्चल अस्पताल पोष्टमार्टमको लागी लैजाने तयारी गरिरहेका छौँ। यस अघि पनि सोही क्षेत्रमा लागु औषध प्रयोगकर्ताको ज्यान गएको थियो ।
तस्वीर सोजन्य ः गोपाल सिंह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्