राष्ट्रिय जनगणनाको तयारी विराटनगरबाट शुरु, तथ्याङ्क संकलन सही हुनुपर्नेमा जोड

राष्ट्रिय जनगणनाको तयारी विराटनगरबाट शुरु, तथ्याङ्क संकलन सही हुनुपर्नेमा जोड

विराटनगर। १२ औं राष्ट्रिय जनगणनाको तयारी शुरु गरिएको छ । आगामी २० महिनापछि हुने राष्ट्रिय जनगणनाका लागि केन्द्रिय तथ्याङ्क विभागले तयारी शुरु गरेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रचार प्रसारको तयारीका लागि बिहीबार विराटनगरमा मिडिया अन्र्तक्रिया गरिएको छ ।
केन्द्रिय तथ्याङ्क विभाग र तथ्याङ्क कार्यालय मोरङको आयोजनामा भएको कार्यक्रममा प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले तथ्याङ्क संकलन सही हुनुपर्ने बताए । उनले तथ्याङ्क संकल्नमा मिथ्याङ्क हुन नहुनेमा जोड दिए । देशको जनसंख्याकै आधारमा आवधिक योजना निर्माण गरिने हुँदा पनि तथ्याङ्क राम्रो हुनुपर्ने उनको तर्क छ ।
प्रदेशका प्रमुख सचिव सुरेश अधिकारीले जनगणनाबाट सरकारले नीति निर्माण गर्ने बताए । जनगणना आउन २० महिना बाँकी रहेकाले तयारी राम्रो गर्न उनले सुझाव दिए । केन्द्रिय तथ्याङ्क विभागले १२ औं राष्ट्रिय जनगणनालाई आधार जनगणनाको रुपमा लिएको छ ।
राष्ट्रिय जनगणनाका लागि जिल्ला गणना कार्यालय ७९ वटा स्थापना गरिएको तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।
सातवटै प्रदेशमा पनि प्रदेश गणना कार्यालय स्थापना गरिने तयारी छ । उनका अनुसार आगामी दशैं पछि ७ वटै प्रदेशका २÷२ वटा जिल्लाका केही वडालाई समावेश गरेर नमूना जनगणना शुरु गरिने बताए । राष्ट्रिय जनगणनाका लागि ५० हजार जनशक्ति परिचालन हुने उनले जानकारी दिए । मिडिया अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल र पत्रकार महाप्रसाद खतिवडाले राष्ट्रिय जनगणना २०७८ वारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्