विराटनगरका ग्रिल ब्यवसायीको चिन्ता ‘दक्ष जनशक्ति नहुँदा विदेशी कामदार भर’

विराटनगरका ग्रिल ब्यवसायीको चिन्ता ‘दक्ष जनशक्ति नहुँदा विदेशी कामदार भर’

विराटनगर । विदेशबाट आउने ग्रिलका कारण स्वदेशी ग्रिल तथा स्टिल व्यवसायहरु संकटमा परेको सहभागीहरुले बताएका छन । ग्रिल तथा स्टिल व्यवसायीसंघ मोरङको विराटनगरमा विहीबार आयोजित दोश्रो जिल्ला अधिवेशनमा सहभागीहरुले भारतबाट आउने ग्रिलका कारण स्वदेशमा उत्पादित ग्रिल उद्योग संकटमा परेको बताएका छन् ।
अर्वौँ लगानी गरेपनि दक्ष जनशक्ति उत्पादन हुन नसक्दा विदेशी कामदारहरुको प्रभाव बढेको उनीहरुको भनाई छ । कार्यक्रममा वोल्दै ग्रिल तथा स्टिल व्यवसाय महासंघका केन्द्रिय अध्यक्ष मोहन कटुवालले नेपालमा ग्रिल उद्योग तर्फ दुई अर्वभन्दा वढि लगानी भएको भन्दै यो उद्योगलाई थप व्यवस्थित गर्ने तर्फ सरकारको ध्यान जानुपर्नेमा बताए ।
उनले मुलुकमा रहेका ११ हजार उद्योगलाई सहज रुपले ऋण प्रदान गर्न सकेका उद्योग प्रती थप लगानी बढ्ने संभावना रहेको बताए । उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न भारतबाट आउने ग्रिलहरुको भन्सार शुल्क बढाउनुपर्नेमा जोड दिए ।
ग्रिल तथा स्टिल व्यवसाय महासंघ मोरङका अध्यक्ष विनोद ढकालले विना दर्ता संचालन भएका र वाहिरबाट आउने झोले व्यवसायीका कारण आफुहरुको श्रमको सहि मुल्य पाउन नसकेको बताए ।
खुला सिमानाका कारण भारतवाट मेसिन ल्याएर झोले व्यापारीहरुले वन्दै गरेको विकास निर्माण तथा भवन निर्माणका लागी ग्रिल तथा स्टिलका काम गर्ने गरेको व्यवसायीहरुको गुनासो छ । मोरङ जिल्लामा दुईसयभन्दा वढि ग्रिल उद्योग संचालनमा छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्