पुष्पलाल चोकमा कार्यरत असई गणेश दाहाल दाहाल बने साउन महिनाको उत्कृष्ट प्रहरी

<span class='c1'>पुष्पलाल चोकमा कार्यरत असई गणेश दाहाल</span> <span class='c2'>दाहाल बने साउन महिनाको उत्कृष्ट प्रहरी</span>

विराटनगर । पुष्पलाल चोकमा कार्यररत प्रहरी सहायक निरीक्षक (असई) गणेश दाहाल साउन महिनाको उत्कृष्ट प्रहरी बनेका छन् । विभागीय नीति अनुसार व्यवसायिक रुपमा लगनशिल, कर्तव्यनिष्ठ एवंम जिम्मेवारी पुर्वक कार्य गरेको भन्दै साउन महिनाको पुलिस अफ द मन्थ घोषणा भएका हुन् ।
उनले सवारी दुर्घटना न्यूनिकरणमा प्रभावकारी ट्राफिक व्यावस्थापन मिलाएको, सरोकारवालासँग समन्वय, आम सडक प्रयोगकर्तालाई ट्राफिक नियम सम्बन्धी चेतना अभिवृद्धी गराउने लगायतका काम गरेकोको भन्दै उनलाई उत्कृष्ट प्रहरीको रुपमा घोषणा गरिएको हो ।
त्यसैगरी पुष्पलाल चोक क्षेत्रका २ स्थानमा ट्राफिक आईलेण्ड र विभिन्न स्थानमा डमी ट्राफिक राख्ने जस्ता सृजनशिल कार्यमा सक्रिय भुमिका निर्वाह गरेको भन्दै उनलाई महिनाको उत्कृष्ट प्रहरीको छनौट गरिएको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्