पथरी शनिश्चरेको जिरिखिम्तीमा जंगली हाती, आधारदर्जन घरमा क्षती

<span class='c1'>पथरी शनिश्चरेको जिरिखिम्तीमा जंगली</span> <span class='c2'>हाती, आधारदर्जन घरमा क्षती</span>

पथरी । जंगल नजिकै रहेको मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर १० स्थित जिरिखिम्ती टोलमा बिहिवार राती जंगली हात्तीले आधादर्जन बढी घरमा क्षति पुर्याएको छ ।
दक्षिणतिरबाट वस्तीमा आएको जंगली हात्तीले खडानन्द खतिवडाको घरको एकातर्फको गारो नै भत्काइ दिएको छ । त्यसैगरी, यामबहादुर मगरको पक्की घरको गारो, पुष्प दर्जीको जस्तापाताको भित्तो र शौचालय भत्काएको छ ।यस्तै इन्द्रबहादुर कार्कीको काठे बेरा भत्काएर मकै समेत खाएको छ ।
४ वटाको संख्यामा रहेको हात्तीले समूहले उत्तरतिरको वस्तीका धनिमाया राईको घरको बेरा पनि भत्काएको छ । गोपाल घिमिरे र नरबहादुर कटुवालको समेत पक्की घरको गारोमा केही क्षति पुर्याएको वडा सदस्य अनोज घिमिरेले जानकारी दिए । हात्तीले त्रास फैलाएर घरहरुमा क्षति पुर्याउन थालेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । हात्ती नजिकैको जंगलतर्फ लागेको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहितका जनप्रतिनिधिहरुले घटनाको बारेमा जानकारी लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्