विराटनगर प्लाटिनम राउण्ड टेवल ११ले गर्यो मुडेरीको बिद्यालयमा रंग रोगन

<span class='c1'>विराटनगर प्लाटिनम राउण्ड टेवल ११ले गर्यो</span> <span class='c2'> मुडेरीको बिद्यालयमा रंग रोगन</span>

विराटनगर । विराटनगर प्लाटिनम राउण्ड टेवल ११ ले मोरङको बुढीगंगा गाउँपालिकामा ४ कोठे भवनको रंग रोगन गरेको छ। बुढीगंगा गाउँपालिका वडा नम्बर ३ मुडेरीमा रहेको श्री देशकल्याण आधारभुत बिद्यालयमा रंग रोगन गरेको हो । बिगत १४ दिनदेखि राउण्ड टेवलले गर्न थालेको रंग रोगनको काम आज सम्पन्न गरेर बिद्यालयलाई हस्तान्तरण गरेको हो ।
१५० जना बिद्यार्थी अध्ययन गर्ने बिद्यालयको ४ कोठे भवन २०६६ सालमा सोही राउण्ड टेवलले निर्माण गरेको थियो । निर्माण पश्चात रंग रोगन हुन नसकेको बिद्यालय भवनको अहिले आएर रंग लगाईएको विराटनगर प्लाटिनम राउण्ड टेवल ११का अध्यक्ष पवन पारखले बताए । करिब २ लाख ५० हजारको लागतमा बिद्यालयको रंग रोगन सम्पन्न गर्न सफल भएको उनले जानकारी दिए । विद्यार्थीको संख्या बढ्दै जाँदा कक्षा कोठाको अभाव भएको अबस्थामा राउण्ड टेवलले नयाँ पक्की संरचना समेत निर्माण गर्ने योजना बनाएको पारखले बताए ।
कार्यक्रममा नेपाल राउण्ड टेवलका अध्यक्ष सौरभ केडिया, विराटनगर राउण्टेवल ५ का अश्विनी बंशल, राउण्ड टेवल १० का अध्यक्ष विकास गोयल, एरिया कोर्डिनेटर शनी अग्रवाल लगायतले सामाजिक कार्य अन्तरगत राउण्ड टेवलले यस्ता कामहरु गर्दै आएको बताए । राउण्ड टेवल मार्फत आर्थिक अबस्था कमजोर भएका बिपन्न बस्तीका बालबालिकालाई लक्षित गरेर नयाँ संरचना निर्माण देखि बालबालिकाको लागि शिक्षामा लगानी गर्ने योजना रहेको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्