विराटनगरको आरोहण गुरुकुलमा नाट्य महोत्सव सुरु,सत्यनारायणले अध्यारो बाटो देखाउने

<span class='c1'>विराटनगरको आरोहण गुरुकुलमा नाट्य महोत्सव</span> <span class='c2'>सुरु,सत्यनारायणले अध्यारो बाटो देखाउने</span>

विराटनगर । आरोहण गुरुकुल विराटनगरले आयोजनाको गरेको विद्यालय नाट्य महोत्सव २०७६ शुक्रबारबाट सुरुभएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा सुरु भएको नाटक महोत्सवको उद्घाटन प्रदेश १ का प्रमुख प्रा. डा. गोविन्द बहादुर तुम्बाहाङले गरे ।
विराटनगरमा रहेका विभिन्न विद्यालयले कक्षा १२ सम्मका विद्यार्थीहरुलाई समावेश गराई तयार पारिएको नाटक ९ दिन सम्म मञ्चन हुने छ । महोत्सवमा ९ वटा विद्यालयका एक–एक वटा नाटक दैनिक दुई पटक मञ्चन गरिने आयोजकले जनाएको छ ।
आयोजकको तर्फबाट पहिलो दिन ‘म नैतिकता’ नामक नाटक मञ्चन गरिएको छ । विद्यालय तह देखि नै कला तथा साहित्यमा विद्यार्थीहरुलाई सहभागी गराउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको आरोहण–गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए।
नाटक भदौ २० गतेदेखि साउन २९ गते सम्म हरेक दिनमा दुई शो देखाईने आयोजकले जनाएको छ । यसैविच भोली विराटनगरको सत्यनारायाण स्कुलको अध्यारोबाटोमा नामक नाटक मन्चन हुने छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्